जगदम्बा स्टिल्सलाई टीएमटी छडमा सफलता

काठमाडौं / रास– शंकर गु्रपअन्तर्गतको जगदम्बा स्टिल्सले टीएमटी छड उत्पादनमा सफलता हात पारेको छ । जगदम्बा स्टिल्सले नेपालमै पहिलो पटक स्लिट रोलिङ प्रविधिमार्फत टीएमटी छड उत्पादन गर्ने कार्यमा सफलता हात पारेको हो ।

स्टेट अफ आर्ट प्रविधिको प्रयोगमार्फत स्लिट रोलिङ प्रविधिले  बिलेटबाट दुई वा दुईभन्दा बढी छड उत्पादन गर्न सकिन्छ । शंकर गु्रपका प्रबन्ध निर्देशक साहिल अग्रवालले जगदम्बा स्टिल्स आफ्ना नेपाली उपभोक्तालाई उत्कृष्ट गुणस्तरका स्टिल उत्पादन उपलब्ध गराउन निरन्तर प्रयासरत रहेको बताए । स्लिट रोलिङ प्रविधिमार्फत उच्च गुणस्तरीय टीएमटी छड उत्पादनका लागि प्राइमरी ग्रेड बिलेट मात्र प्रयोग गर्नुपर्ने जानकारी पनि अग्रवालले जानकारी दिए