जनताको चाहनाअनुसार विकास गर्नुस् : ओली

राजधानी संवाददाता / काभ्रे

जनताको चाहना विकास रहेकाले अब योजना बनाएर विकास गर्न आवश्यक रहेको नेकपा एमालेका अध्यक्ष केपी ओलीले बताएका छन् । जनताले विकास गर्न सक्ने व्यक्ति भएकाले एमालेलाई चुनेकाले जनताको चाहना र स्थानीय निकायको आवश्यकताअनुसारको विकास आवश्यक रहेको बताएका छन् ।

जनताले चाहेको लोकतन्त्रसँगैको अधिकार स्थानीय निकायमा आएको र अब स्थानीय निकायले जनताको चाहनाअनुसारको विकास गर्न आवश्यक रहेको ओलीले बताएका छन् । शुक्रबार पनौतीको प्रथम नगरसभा समुद्घाटन गर्दै ओलीले जनताको चाहनाअनुसार काम गर्न आवश्यक रहेको बताए । उनले १५ वर्ष कर्मचारीले थेगिदिएको स्थानीय निकायलाई अब जनप्रतिनिधिले हराभरा बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘जनताले नगर सुम्पिएका छन्, अब तपाईंहरूले यसलाई हराभरा बनाउन आवश्यक रहेको छ ।

अध्यक्ष ओलीले नेपालमा लोकतन्त्र छिप्पि नसकेकाले त्यसलाई बलियो बनाउने काम जनप्रतिनिधिले गर्न आवश्यक रहेको सुझाए । उनले अब सरकार गाउँसम्म आएको बुझेर काम गर्न जनप्रतिनिधिहरूलाई सुझावसमेत थिए । धेरै कुरामा अन्योल छ तर जति बुझेको छ त्यसलाई सफल रूपमा कार्यान्वयन गराउन आवश्यक रहेको बताए ।

उनले नगर तथा गाउँमा रहेका खुला चौरहरूमा भू–माफियाको आँखा जान सक्ने भएकाले सतर्क हुन आग्रह गरे । उनले भने, ‘थाहा नै नदिई सुटुक्क माफियाले जग्गा आफ्नो पार्लान् ख्याल गर्नहोस् ।’

उनले अब व्यवस्थित सहरीकरण र आधुनिकीकरण गरेर नगरलाई नमुना बनाउन आवश्यक रहेको बताए । उनले अब पनौतीमा रहेका ऐतिहासिक धरोहरको प्रचार गरेर पर्यटक भिœयाउन आवश्यक रहेको बताए । उनले नेपालमा लाखौं पर्यटक भिœयाउन सकिने र त्यमध्येको एक पनौती नगरपालिकासमेत रहेको बुझ्न आवश्यक रहेको सुनाए ।