१ करोड राजस्व संकलन

भोजपुर / रास–     भोजपुर नगरपालिकाले आर्थिक वर्ष २०७३÷७४ मा ९८ लाख ९० हजार ५ सय ५० आम्दानी गरेको छ । जसमा आन्तरिक राजस्वतर्फ ५७ लाख २५ हजार ४ सय ४७ र मालपोत दस्तुरबाट ४१ लाख ६५ हजार १ सय ७ रुपैयाँ आम्दानी गरेको राजस्व प्रमुख मणि तामाङले जानकारी दिए ।

मालपोततर्फ आम्दानीको ७ प्रतिशत भने मालपोत कार्यालयलाई बुझाएको नगरपालिकाले जनाएको छ । आन्तरिक राजस्वअन्तर्गत एकीकृत सम्पत्ति कर, व्यावसायिक कर, नक्सा पास दस्तुरलगायत ६२ वटा शीर्षकबाट नगरपालिकाले राजस्व संकलन गरेको हो ।