लागूऔषधसहित किशोर पक्राउ

नवलपरासी / रास– इलाका प्रहरी कार्यालय नवलपुरले लागूऔषधसहित १४ वर्षीय किशोरलाई पक्राउ गरेको छ । भरतपुर उपमहानगरपालिका–९ चितवनका अभियुक्त किशोरलाई प्रहरीले आइतबार बिहान कावासोतीबाट लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

ना४ ख ५५४५ को बसमा नारायणगढतर्फ जाँदै गरेको अभियुक्तको साथबाट प्रहरीले नाइट्रोजन सयवटा, पेनेरागन १० वटा, सेरेज्याक १०, टल्गेसल नामक आगू औषध १० र सिरिन्ज ४ वटासहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई अहिले इलाका प्रहरी कार्यालय नवलपुरमा प्रहरीको नियन्त्रणमा राखी अनुसन्धान थालिएको छ । लागूऔषध कारोबारीहरूले उनलाई ओसारपसारमा प्रयोग गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।