बँदेलको आक्रमणबाट महिलाको मृत्यु

बैतडी / रास– दार्चुलामा बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लेकम गाउँपालिका–३ मकन्नाकी ४० वर्षीया धानादेवी जोशी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घर नजिकैको तमली खोलामा कपडा धुँदै गरेको अवस्थामा जंगलबाट आएको बँदेलले जोशीलाई एक्कासी आक्रमण गरेको स्थानीयले बताएका छन् । सो क्रममा बँदेलले अन्य तीन जनालाई समेत घाइते बनाएको छ । घाइते हुनेमा स्थानीय शंकरदत्त जोशी, जगदीश दमाई र विशन जोशी रहेको प्रहरीले जनाएको छ । प्रकरीका अनुसार घाइते सबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।