बाढीपीडितलाई सहयोग

राजविराज / रास– सप्तरीका बाढीपीडित परिवारलाई विभिन्न संघसंस्थाले राहत उपलब्ध गराउने क्रम जारी छ ।  यसै क्रममा नेपाल महेश्वरी परिषद्ले आइतबार २ सय बाढीपीडितलाई राहतस्वरूप खाद्यान्न तथा लत्ताकपडा उपलब्ध गराएको छ । बाढीबाट प्रभावित राजविराज नगरपालिका–९, १० र मलेठका २ सय परिवारलाई प्रतिपरिवार त्रिपाल १ थान, लुगा सेट १, चाउचाउ १० प्याकेटका साथै साबुन, दाल, खानेतेल, बिस्कुट, पेस्ट, च्युरा, भुजालगायत राहत सामग्री वितरण गरिएको हो ।

यस्तै आइतबारै जिल्लाको सकरपुरा गाउँपालिकाका २ सय ५० बाढीपीडित परिवारलाई राजविराज लायन्स क्लब र लाहान लायन्स क्बलद्वारा संयुक्त रूपमा खाद्यान्न, लत्ताकपडा र औषधिलगायत राहत सामग्री वितरण गरिएको छ ।