मिर्गाैला प्रत्यारोपणका लागि याचना

 

खोटाङ / रास– दुवै मिर्गौला फेल भएका हलेसी, तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका डिल्लीराज राईको दुवै मिर्गाैला काम नलाग्ने गरी बिग्रिएकाले मिर्गाैला प्रत्यारोपण गर्न र डायलासिस खर्च जुटाउन सहयोगको याचना गरेका हुन् ।

२०५१ मा जन्मिएका डिल्लीराजको क्रोनिक रेनल फेलर÷इन्ड स्टेज रेनल डिजिज भएको शिक्षण अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि विभिन्न अस्पताल धाउने क्रममा उनको दुवै मिर्गाैला फेल भएको पत्ता लागेको हो । मिर्गाैलाको उपचार पद्धति ज्यादै खर्चिलो भएकाले शुभेच्छुक समक्ष सहयोगको हात फैलाउनु परेको उनका बुबा धनराज राईले बताए । डिल्लीराजको उपचार डेढ महिनादेखि हाल शिक्षण अस्पताल महाराजगन्जमा भइरहेको छ । बनिबुतो गरी जीवन निर्वाह गर्दै राई परिवारसँग मिर्गाैला प्रत्यारोपण गर्न सक्ने आर्थिक क्षमता छैन ।