त्रिभुवन राजपथमा सवारी चाप

राजधानी संवाददाता / हेटौंडा

रातको समयमा नारायणगढ–मुग्लिन सडकमा सवारीसाधन आवतजावतमा रोक लगाएपछि त्यसको प्रभाव त्रिभुवन राजपथमा परेको छ । निर्माणाधीन अवस्थामा रहेको सडक खण्डमा रातको समयमा पहिरो खसेर जनधनको क्षति बढेको भन्दै एक सातादेखि राति आवागमन रोकिएको हो ।

सो सडक रातको समयमा बन्द र दिउ“सो पनि पहिरोको जोखिम भएपछि पूर्वी नेपालबाट काठमाडौं जाने सवारीसाधन त्रिभुवन राजपथ हु“दै हेटौंडाबाट नौबीसेको मार्ग प्रयोग गर्न थालेपछि त्रिभुवन राजपथमा सवारीसाधनको चाप बढेको छ ।

पूर्वी नेपालबाट आएका सवारीलाई हेटौंडाबाट सोझै काठमाडौं जा“दा १ सय १५ किलोमिटर मात्र दूरी पर्दछ । हेटौंडा–नारायणगढ–मुग्लिन हु“दै काठमाडौं जा“दा भने २ सय १८ किलोमिटर पर्ने मकवानपुरका प्रहरी निरीक्षक नवीनकुमार अधिकारीले जानकारी दिए ।

पहिलेको तुलनामा दूरी छोटो भए पनि त्रिभुवन राजपथ सा“घुरो भएका कारण समस्या हुन थालेको अधिकारीले बताए ।नारायणगढबाट काठमाडौं जाने यात्रुका लागि पनि यो सडक सहज छ । तर, त्रिभुवन राजपथ सडक सा“घुरो भएकाले ठूला सवारी सञ्चालन कठिन छ । साना सवारीलाई दूरी छोटो पर्दछ । हेटौंडा–दामन–नौबीसे सडकखण्डमा विगतभन्दा दैनिक दोब्बर बढी संख्यामा सवारीसाधन आवतजावत भइरहेका छन् ।

काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट छुट्ने अधिकांश बसलगायत ठूला सवारीसाधनका लागि यो वैकल्पिक मार्गमा परिणत भएको छ । साना सवारीसाधनले हेटौंडाबाट फाखेल वा सिस्नेरी हु“दै काठमाडौं जाने छोटो मार्गलाई वैकल्पिक मार्ग बनाउन थालेका छन् ।

मकवानपुरका प्रहरी निरीक्षक अधिकारीले सा“घुरो सडक र साना घुम्तीका कारण १० चक्केदेखि माथिका गाडी राजपथको बाटोमा गुड्न रोक लगाइएको बताए ।  वर्षा सुरु हुनुअघि दैनिक पा“च सयदेखि सात सयसम्म गाडी आवतजावत हुने गरेकोमा हाल दैनिक १ हजारदेखि १ हजार २ सयसम्म गाडी आवतजावत गर्ने गरेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

राजपथको सडकखण्डका विभिन्न स्थानमा दुर्घटनाको जोखिम बढ्दो छ । सो सडक जीर्ण बन्दै गएको छ । सवारीको चाप बढेकाले समय÷समयमा ट्राफिक व्यवस्थापनको समस्या आइरहेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।