भुटानको विमान भाडामा नल्याउन निर्देशन

राजधानी समाचारदाता / काठमाडौ

नेपाल वायुसेवा निगमले ल्याउने तयारी गरेको भुटान एयरलाइन्सको एउटा विमान भाडामा नल्याउन सरकारले निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमलाई यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले अहिले बाहिर सतहमा आएको हवाई नीतिको अस्पष्टता नसुल्झाईकन भुटान एयरलाइन्सको विमान भाडामा ल्याएर सञ्चालन गर्दा भोलि विवाद उत्पन्न हुन सक्ने भन्दै सो विमान नल्याउने निर्णय शुक्रबार गरेका थिए ।

निगमले आपूmसँग भएको पुरानो एउटा बोइङ ७५७ विमान नियमित मर्मत (सी–चेक) का लागि सिंगापुर पठाउनुपर्ने आफ्नो नियमित अन्तर्राष्ट्रिय उडान केही कटौती गर्नुपर्ने बाध्यात्मक अवस्था आएपछि भुटानको एउटा विमान भाडामा लिएर उडान सञ्चालन गर्न भुटान एयरलाइन्ससँग सम्झौता गरेको थियो । लगातार तीनपटक आह्वान गरिएको

‘ग्लोबल टेन्डर’ मा भुटान एयरलाइन्स र युक्रेनको एक वायुसेवाबाट कम्पनीले मात्र टेन्डर हालेको थियो । ती दुईमध्ये सबैभन्दा राम्रो भुटान एयरलाइन्स भएपछि निगमले भुटानलाई नै रोजेको थियो ।

निगमको सो अन्तर्राष्ट्रिय टेन्डर प्राप्त गरेको भुटानले निगमलाई दिन लागेको विमान १६ वर्ष ८ महिना मात्र उडेको विमान थियो । अहिले नेपालको हवाई नीतिमा भने १५ वर्षभन्दा पुरानो विमान ल्याएर उडान भर्न नपाइने उल्लेख छ । सोही बुँदालाई स्पष्ट्र पार्न नसकेको मन्त्रालयले अहिले अन्तिम अवस्थामा आएर निगमले ल्याउन लागेको भुटान एयरको विमान भाडामा नलिने  निर्णय गरेको हो ।

पर्यटन मन्त्रालयले भुटान एयरलाइन्सको विमान भाडामा नलिने निर्णय गरेको र आफ्नो पुरानो बोइङ पनि सी चेकका लागि सिंगापुर गइसकेको जानकारी गराउँदै निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले अब केही समयका लागि निगमको नियमित अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुने बताए । उनले आगामी डेढदेखि दुई महिनासम्म निगमको अन्तर्राष्ट्रिय उडान ४६ प्रतिशत कटौती हुने बताए ।

निगमका अनुसार अहिले अन्तर्राष्ट्रिय उडान भर्न ३० वर्ष पुरानो १ सय ९० सिट क्षमतायुक्त एउटा ‘बी ७५७–२००’ र १ सय ५८ सिट क्षमताको दुईथान ‘ए ३२०–

२०’ सिरिजका विमान मात्र सञ्चालित छन् । तीमध्ये ‘९ एन–एसीबी’ कलसाइन भएको बी ७५७ विमान नियमित सी–चेकका लागि गत बिहीबार राति नै सिंगापुर गएको छ । तीन विमानबाट सातामा जम्मा ३७ वटा उडान भर्दै आएको निगमले अहिले एउटा पुरानो बोइङ विमान सी–चेकमा पठाएपछि सातामा १७ उडान कटौती गरेको जनाएको छ ।

निगमले आपूmस“ग भएको पुरानो बोइº ७५७ विमान नियमित मर्मत (सी–चेक) का लागि सिंगापुर पठाउ“दा नियमित अन्तर्राष्ट्रिय उडान कटौती गर्नुपर्ने बाध्यात्मक अवस्था आएको भन्दै भुटानको एउटा विमान भाडामा लिएर उडान सञ्चालन गर्न सम्झौता गरेको थियो ।

सोही उडान कटौतीअनुसार अहिले कतारको दोहाका लागि सातामा चार, मलेसियाको क्वालालम्पुर तीन, भारतको नयाँ दिल्ली सात र बैंगलोरका लागि तीन उडान कटौती गरिएको छ । यसरी डेढदेखि दुई महिनासम्म विभिन्न अन्तर्राष्ट्रिय चारवटा गन्तव्यमा उडान कटौती हुँदा करिब ७० करोड रुपैयाँबराबरको आम्दानी गुम्ने भएको छ । त्यसबाहेक बी७५७ मर्मतमा जाने अघिल्लो दिनसम्ममा निगमका करिब ६ हजार यात्रुलाई अन्य वायुसेवा कम्पनीको विमानबाट पठाउँदा पनि करिब १५ करोड रुपैयाँ घाटा लागेको निगमले जनाएको छ । अहिले एउटा पुरानो विमान नभएपछि दोहा, क्वालालम्पुर, दिल्ली र बैंगलोरका लागि हुँदै आएको रातिका सबै उडान कटौती गरिएको छ । अहिले यी गन्तव्यमा ए–३२० विमान पठाउन सकिने भए पनि चालक अभावका कारण हङकङ र बैंकक उडानमा समस्या सिर्जना हुने देखिएको निगम स्रोतले जनाएको छ ।

हवाई नीति २०६३ को बुँदा नम्बर ५ को २ मा ‘उडान सुरक्षा’ शीर्षकअन्तर्गत प्रेसराइज्ड वायु यानको हकमा १५ वर्षभन्दा पुरानो वा इकोनोमिक डिजाइन लाइफको ७५ प्रतिशत पूरा गरेको वा ४५००० प्रेसराइजेसन साइकल पूरा गरेको जुन पहिला हुन आउँछ त्यस्ता वायुयान आयात गर्न निषेध गरिने उल्लेख छ । यही बुँदालाई मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र तालुकदार मन्त्रालय पर्यटन मन्त्रालयले राम्रोसँग प्रस्ट पार्न नसक्दा निगमले आइतबारदेखि दैनिक १ करोड १६ लाख रुपैयाँबराबरको घाटाबेहोर्नु पर्नेछ ।

सोही हवाई नीतिमा उल्लेख गरिएको बुँदाका आधारमा निगमलाई विमान ल्याउन स्वीकृति दिँदा प्राधिकरणलाई नै अप्ठ्यारो पर्ने भन्दै प्राधिकरणले पर्यटन मन्त्रालयमा पत्र पठाएको थियो । मन्त्रालयले पनि अहिले मन्त्री नियुक्त नभएको र सचिव विदेश भ्रमणमा रहेका कारण कुनै निर्णय गरेको थिएन । पर्यटन सचिव अधिकारी विदेशबाट फर्किएलगत्तै भुटानको विमान भाडामा नल्याउने निर्णय गरेका हुन् ।