जनता बैंकको एकीकृत कारोबार सुरु

काठमाडांै÷रास– जनता बैंक नेपाल लिमिटेडले साविकको सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेड प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि सिवाकोटीले एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । बैंकका अध्यक्ष केशवबहादुर रायमाझीको सभापतित्वमा भएको कार्यक्रममा जनता र साविकको सिद्धार्थ डेभलपमेन्ट बैकका सञ्चालक, दुवै बैंकका सेयरधनी, नियमनकारी निकायका विशिष्ट अतिथि, बैंकर एसोसियसन तथा विकास बैंक एसोसियसनका अध्यक्ष, विभिन्न बैंक तथा बिमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको उपस्थिति थियो ।

कामु गभर्नर सिवाकोटीले मुलुकका विभिन्न दूरदराजमा बैंकको पहुँच पु¥याई विशिष्ट सेवासाथ जनता बैंकले नेपाली जनतालाई सेवा प्रदान गर्न सफल हुन शुभकामना दिए । बैंकका अध्यक्ष रायमाझीले जोखिम व्यवस्थापन तथा संस्थागत सुशासन कायम राख्दै मुलुकका सहरी तथा ग्रामीण क्षेत्रमा आधुनिक एवं उत्कृष्ट बैंकिङ सेवाप्रदान गरी देश विकासको अभियानमा थप योगदान प्रदान गर्ने लक्ष्य रहेको बताए ।

सिद्धार्थ डेभलपमेन्ट बैंकका अध्यक्ष रामबहादुर भण्डारीले बैंकको पुँजीगत आधार सुदृढ गर्दै आधुनिक तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गरी जनता बैंकलाई नेपालको एक अग्रणी बैंकका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए । बैंकका कार्यकारी प्रमुख परशुराम कुँवर क्षत्रीले बैंक आगामी दिनमा ग्राहकलाई आधुनिक बैंकिङ प्रणालीमार्फत उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै बैंक अझ विस्तारित, सबल र विश्वसनीय  बनेको बताए ।