भण्डारीद्वारा कुमारी बैंकमा पदभार ग्रहण

काठमाडौं / रास– कुमारी बैंक लिमिटेड प्रमुखमा कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीले आइतबारदेखि पदभार ग्रहण गरेका छन् । गत जेठमा बैंक सञ्चालक समितिले आगामी चार वर्षका लागि उनलाई सीईओमा नियुक्त गरेको थियो । नेपाली बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतका रूपमा लामो समयदेखि कार्र्यरत सफल बैंकरका रूपमा परिचित भण्डारीलाई बैंकले आफ्नो स्थापना कालमा पनि सीईओको जिम्मेवारी दिएको थियो ।