रोटरी क्लब काठमाडौं मिड टाउनमा नयाँ सदस्य चयन

काठमाडौं / रास– रोटरी क्लब अफ काठमाडौं मिड टाउनले आर्थिक वर्ष सन् २०१७÷१८ का लागि नयाँ बोर्ड सदस्य चयन गरेको छ । डिस्ट्रिक्ट गभर्नर रोटरियन सञ्जय गिरीको प्रमुख आथित्यमा क्लबका निवर्तमान अध्यक्ष तथा योजना आयोगका पूर्वअध्यक्ष डा. शंकर शर्माले आगामी कार्यकालका लागि अध्यक्षको पिन हस्तान्तरण गरेका थिए । कार्यक्रममा अन्य पूर्व डिस्ट्रिक्ट गभर्नर तथा डिस्ट्रिक्ट अधिकारीहरू पनि उपस्थित थिए । बोर्डले रोटरियन भाइराजा पाण्डेलाई क्लबको नयाँ अध्यक्षमा चयन गरेको छ ।

क्लबका नवनिर्वाचित अध्यक्ष रोटरियन भाइराजा पाण्डेले सदस्यहरूको गुणस्तर, कार्यक्रमको योगदान र रोटरी फाउन्डेसनको गतिविधिलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर रोटरियन सञ्जय गिरीले सबै रोटरियनलाई रोटरीको प्रवद्र्धन तथा यसको लक्ष्यलाई सबै सम्भावित माध्यमबाट प्रवद्र्धन गर्न आग्रह गर्दै रोटरीहरूको गतिविधिहरू तथा सेवाहरूबारे सार्वजनिक जनचेतना अभिवृद्धि गर्न आग्रह गरे ।

२८ वर्ष पुरानो रोटरी क्लब अफ काठमाडौं मिड टाउन धेरै किसिमका सामाजिक कार्यहरू तथा च्यारिटीमा आबद्ध हुँदै आएको छ । यसले अन्तर्राष्ट्रिय सामाजिक वेलफेयर संस्थासँगको सहकार्यमा आयोजना गरिरहेको छ ।

 क्लबले ५१ वटा रोटरी क्लबसँग मिलेर नेपालभर भूकम्प पुनःस्थापना सहायता क्षेत्रमा प्रभावित मानिसहरूलाई सेवा पु¥याइरहेकोे छ । उनीहरूले त्रिपाल तथा जस्तापाता भूकम्प गएपछि तत्काल प्रदान गरेका थिए । विद्यालय, कक्षाकोठाहरू, शौचायलहरू तथा अतिरिक्त जीवनयापनका विकल्प दर्घिकालनि रूपमा सञ्चालन गरिरहेका छन् । यसले आरसी ओडमेल्ड्रम स्कटल्यानडको सहकार्यमा सिन्धुपाल्चोकको इर्खू, कदमबास तथा साँगाचोकका विद्यालयमा अध्यापन सुधार तथा शिक्षाको गुणस्तर सुधार गर्न सहयोग गरिरहेको छ ।

क्लबले रोटरी क्लब अफ पोटोम्याक बेथेस्डाको सहयोगमा कान सुन्ने क्षमता गुमाएका नेपाली बालबालिकाहरूलाई आवश्यक उपचारका साथै सर्जिकल उपकरणहरू, बालबालिकाहरूको कानको शल्यक्रिया गर्न सहयोग गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।