राजस्व संकलनमा ग्लोबल आईएमई बैंक

काठमाडांै / रास– ग्लोबल  आईएमई बैंकले चालू आवदेखि चारवटा आन्तरिक राजस्व कार्यालयबाट राजस्व संकलन सुरु गरेको छ । आन्तरिक राजस्व कार्यालय लहान, जनकपुर, धरान र तुल्सीपुर दाङको राजस्व संकलन सेवा आइतबारदेखि सुरु गरेको हो ।

लहान, जनकपुर, धरान र तुल्सीपुर दाङमा रहेका आन्तरिक राजस्व कार्यालय परिसरमा काउन्टर स्थापना गरी राजस्व संकलन सुरुवात गरेको हो । यसअघि बैंकले यातायात व्यवस्था कार्यालय गण्डकीको पोखरा, कोसीको इटहरी र नारायणीको वीरगन्जमा राजस्व संकलन गरिरहेको छ ।

बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीतिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसर, यातायात व्यवस्था कार्यालय मोटरसाइकल सतुंगललगायतका सरकारी कार्यालयमा पनि राजस्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका हरेक क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले आफ्ना १ सय १२ शाखा, १ सय १४ एटीएम, ५ वटा एक्सटेन्सन काउन्टर, ४६ वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।