म्याक लुब्रिकेन्टको डिलर भेटघाट

काठमाडौं / रास– म्याक लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले म्याक लुब्रिकेन्ट डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । हाइएयर, फास्टर, स्ट्रन्गर र टुगेदर भन्ने मूल विषयमा आधारित कार्यक्रम सम्पन्न गरिएको थियो ।

आयोजकका अनुसार इन्डोनेसियामा भएको उक्त कार्यक्रममा नेपालका विभिन्न स्थानबाट डिलरहरू, सिप्रदीका पदाधिकारीलगायत कम्पनीका प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सफलतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

त्यसैगरी कम्पनीका नायब महाप्रबन्धक रोशनकुमार श्रेष्ठले कम्पनीकोे पछिल्लो समयको गतिविधिहरूबारे प्रस्ट पारे भने उनले कम्पनीको भावी योजना र तयारीबारे जानकारी दिएको विज्ञप्तिमा उल्लेख छ ।