तीजमा सेलिनाको ‘आयो तीज’

साउन १६ । गायिका सेलिना कुँवरले हिन्दु महिलाहरुको महान पर्व तीजको अवसरमा नयाँ गीत बजारमा ल्याएकी छन् । उनले ‘आयो तीज’ बोलको भिडियो गीत ल्याएकी हुन् ।

सो गीत गोविन्दप्रसाद उपाध्यायले लेखेका हुन् । भिडियोमा गायिका कुँवर आफैले नृत्य गरेकी छन् । सो गीतलाई एकान्त मगरले निर्देशन गरेको गायिका कुँवरले बताइन् ।

सो गीत ललितपुरको बालकुमारी मन्दिर आसपास खिचिएको हो । गीतले दर्शक/स्रोताको मन जित्ने गायिका कुँवरको विश्वास छ ।