बोर्डको स्रोत र साधन उपयोग हुनुपर्छ : मन्त्री देव

राजधानी समाचारदाता / काठमाडौं

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले पर्यटन मन्त्रालयअन्तर्गतका सम्पूर्ण निकायलाई आगामी दुई महिनासम्मको कार्ययोजना तीन दिनभित्रमा बुझाउन निर्देशन दिएको बताएका छन् ।

आइतबार राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) सँगको भेटमा मन्त्री देवले नेपाल पर्यटन बोर्डमा स्रोत र साधन प्रशस्तै भए पनि त्यसअनुसारको काम हुननसकेको बताए ।

नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डमा स्रोतसाधन प्रशस्तै भए पनि कर्मचारीहरूबीचको दलीयकरणका कारण उपलब्धिमूलक काम हुन नसकेको उनले बताए ।

सो भेटमा मन्त्री देवले दुई महिना कार्ययोजनाअनुसार काम भए नभएकोबारे हेर्ने र त्यसपछि कर्मचारीहरूमा दण्ड र सजायको व्यवस्था गर्ने बताए ।एक अर्को प्रसंगमा मन्त्री देवले आपूmले नाटोजसँग सहकार्य गरेर काम गर्ने बताए ।नाटोजका अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रको समस्याबारे जानकारीगराएका थिए ।

उनले मुलुकमा पर्यटन प्रवद्र्धनका लागि सञ्चारकर्मीको निकै महŒवपूर्ण भूमिका हुने भएकाले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने सरकारी लक्ष्य पूरा गराउने कार्यमा साथ दिन आग्रह गरे ।