क्यासवे मनी ट्रान्सफरको भाइबर आउट कल सुविधा

काठमाडांै / रास– भाइबर आउटको न्यून अन्तर्राष्ट्रिय कल शुल्क अब नेपालीका लागि पनि खुला भएको छ । नेपाली भाइबर प्रयोगकर्ताले आफ्ना प्रियजनलाई आईएसडी सेवा प्रयोगबिना नै उनीहरूको ल्यान्डलाइन वा मोबाइल फोनमा कल गरेर अपनत्वलाई अझ प्रगाढ बनाउन सक्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रयोगकर्ताले नेपालमा वा विदेशमा रहेको क्यासवे मनी ट्रान्सफरमार्फत भाइबर आउट एकाउन्टलाई रिचार्ज गर्न सक्छन् । क्यासवे मनी ट्रान्सफर रकम स्थानान्तरण गर्ने कम्पनी हो । यसले पैसा स्थानान्तरणको अलावा अगामी दिनमा भाइबर आउट जस्तै नवीन सोचका सेवा पनि सुचारु गर्ने योजना बनाएको छ । क्यासवे मनी ट्रान्सफर नेपालका सीईओ शैलेन्द्र उपाध्यायले बताए ।