आजदेखि सेन्चुरीको हकप्रद सेयर निष्कासन

काठमाडौं / रास– सेन्चुरी कमर्सियल बैंकले १० बराबर ४ अनुपातको हकप्रद सेयर सोमबारदेखि निष्कासन गर्ने भएको छ । बैंकले सय रुपैयाँ अंकित १ अर्ब ८८ करोड ५४ लाख २५ हजार ७ सय रुपैयाँको १ करोड ८८ लाख ५४ हजार २ सय ५७ कित्ता सेयर निष्कासन गर्न लागेको हो । बैंकको उक्त हकप्रद सेयरमा २६ असारसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

बैंकले निष्कासन गर्न लागेको ४० प्रतिशत हकप्रद बैंकको ३१ चैत २०७३ मा बसेको छैठौं वार्षिक साधारणसभाले पारित गरेको थियो । सेन्चुरीले पछिल्लोपटक सेती फाइनान्सलाई गाभ्ने अन्तिम स्वीकृत नेपाल राष्ट्र बैंकबाट प्राप्त गरिसकेको छ । यसअघि इन्नोभेटिभ, अरनिको डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्सलाई प्राप्ति गरेर एकीकृत कारोबार थालिसकेको बैंकले अल्पाइन डेभलपमेन्ट बैंक प्राप्ति गर्ने स्वीकृति प्राप्त गरिसकेको छ ।

ती वित्तीय संस्थालाई गाँभेर ४० प्रतिशत हकप्रद बिक्रीपश्चात् सेन्चुरीको चुक्ता पुँजी सात अर्ब ९० करोड रुपैयाँ पुग्नेछ भने चालू आर्थिक वर्षको बोनसबाट बैंकले आठ अर्ब पुँजी पु¥याउने जनाएको छ ।