टाटाको एस हुपर टिपर बजारमा

काठमाडांै / रास– सिप्रदी ट्रेडिङ प्रालिले टाटामोटर्सको एस हुपर टिपर बजारमा ल्याएको छ । १५ साउनदेखि नेपाली बजारमा आएको हो । कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले आजको बढ्दो सहरीकरण, जनसंख्याको चाप, पूराना तथा साँघुरा सडक गल्ली भएको स्थानमा यो गाडी भरपर्दो भएको बताए ।

कार्यक्रममा फोहोरमैला व्यवस्थापन संघका पदाधिकारीलगायत टाटा मोटर्सका प्रतिनिधिको उपस्थिति थियो । सो अवसरमा नेपाली बजारमा ठेला गाडामा फोहोर उठाउने गरेको र यो साह्रै कष्टकर रहेकाले यसको आधुनिक विकल्पका रूपमा हुपर टिपर आएको र यसले काम अझ सहज र छिटो गर्न सक्नेमा कम्पनी विश्वस्त रहेको छ । घरघरबाट फोहोर संकलन गर्न सकिने र संकलित फोहोरलाई सजिलै लोड तथा अनलोड गर्न मिल्ने १ दशमलव ८ क्युबिक मिटर क्षमता भएको यस टिपरमा सड्ने र नसड्ने फोहोरहरू राख्न दुईवटा छुट्टै कम्पार्टमेन्ट रहेको छ । सानो साइजको गाडी भएकाले सहरका साँघुरा बाटोमा पनि सजिलै गएर फोहोर संकलन गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए ।

संकलित फोहोरलाई ठूलो कमप्याक्टर गाडीमा अनलोड गर्न सजिलोका लागि राखिएकाले सञ्चालन गर्न अझ सजिलो छ । यसले ८५–९० डिग्रीसम्म ढल्काएर फोहोर मैला अर्को गाडीमा खन्याउन सक्छ । संकलित फोहोरमैला गाडीबाट नखसोस् र दुर्गन्ध पनि नफैलियोस् भनेर दुवै कम्पार्टमेन्टलाई छोपेर बन्द गर्न गाडीमा रोलिङ कभर पनि राखिएको छ । यसमा भएको हाइड्रोलिक लिटलाई गाडीको च्यासिससँगै बलियोसँग समावेश गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।