कमलविनायकमा सिद्धार्थ बैंकको शाखा

काठमाडौं / रास– सिद्घार्थ बैंकले भक्तपुरको कमलविनायकमा शाखा विस्तार गरेको छ । सो शाखाको उद्घाटन भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद अवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले संयुक्त रूपमा गरेका हुन् । बैंकको सो शाखा कार्यालयमार्फत सम्पूर्ण बैंकिङ सेवाका साथमा एटीएम सेवा पनि उपलब्ध रहेको छ ।

यस शाखासमेत बैंकले देशभरि रहेका आप्mना ७२ शाखा, २ एक्सटेन्सन काउन्टर ९८ एटीएम, ७० शाखारहित बैंकिङ सेवा र ४ सय ५० भन्दा बढी पीओएसमार्फत ग्राहकलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्ने बताएको छ । आर्थिक वर्ष २०७३÷७४ को साउन मसान्तसम्म बैंकले १ अर्ब ४१ करोड खुद नाफा आर्जन गरेको छ । सोही अवधिमा बैंकको कुल निक्षेप ७७ अर्ब ३१ करोड र कर्जा लगानी ६७ अर्ब १७ करोड रहेको छ ।