टीभीएस स्टाइकर १२५ बजारमा

काठमाडौं / रास– टीभीएस स्टाइकर १२५ बजारमा आएको छ । नायक निखिल उप्रेती सो ब्रान्डको एम्बेसडरमा रहेका छन् । विश्वकै उत्कृष्ट दुई तथा तीन पांग्रे निर्मातामा पर्ने टीभीएस मोटर्सले नयाँ उत्पादनका रूपमा टीभीएस स्टाइकर बजारमा ल्याएको हो ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवाल तथा नायक उप्रेतीद्वारा बिहीबार यो मोटरसाइकल बजारमा ल्याएको हो । जगदम्बा मोटर्स नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक विक्रेता हो । टीभीएस कम्पनीका उपाध्यक्ष आर दिलिपका अनुसार युवा वर्गलाई लक्षित गरी यो उत्पादन बजारमा ल्याइएको हो ।

ईको थ्रस्ट इन्जिनयुक्त यसले ८ हजार आरपीएममा ८.१ केडब्लू शक्ति प्रदान गर्ने दाबी गरिएको हो । यसको टोर्क ५ हजार ५ सय आरपीएममा १० दशमलव ८ एनएम रहेको छ । यसमा ट्युबलेस टायर, डुअल प्याडेड सिट, ह्याजार्ड ल्याम्प, पास बाई स्विच, राटो पेटल फ्रन्ट डिस्क ब्रेक, एलमिनियम फुट पेग र उज्यालो हेडल्याम्प जडान गरिएको छ । यसको बजार मूल्य १ लाख ७४ हजार ९ सय रुपैयाँ रहेको छ ।