नाडेप लघु वित्तीय संस्थाको मुनाफा साढे ३ करोड

काठमाडौं / रास– नापेड लघुवित्त वित्तीय संस्थाले ३ करोड ४२ लाख ४९ हजार ६ सय ३० रुपैयाँ खुद मुनाफा गरेको छ । संस्थाले दोस्रो साधारण सभा गरी सो मुनाफा सार्वजनिक गरेको हो । यस वित्तीय संस्थाले गत चैत मसान्तसम्म ४३ वटा शाखामार्फत ४८ हजार ९ सय ८५ ग्रामीण तथा पिछडिएका महिलामा पु¥याएको छ ।