नेसनल लाइफको बिमा शुल्क साढे ३ अर्ब

काठमाडौं / रास– नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ८५ करोड बिमा शुल्क संकलन गरेको छ । कम्पनीले ३६ करोड खुद मुनाफा कमाएको छ । सोही अवधिमा यस कम्पनीले ४ अर्ब २० करोड लगानी गरेको छ । कम्पनीको बिमा कोष १४ अर्ब ३१ करोड पुगेको पनि कम्पनीले जनाएको छ । कम्पनीको २९औं साधारण सभाले चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत लाभांश पारित गरेको छ । जसबाट कम्पनीको चुक्तापँुजी १ अर्ब ६५ करोड ६० लाख पुगेको कम्पनीले जनाएको छ ।