प्रभु बैंक र टर्किस एयरलाइन्सबीच सम्झौता

काठमाडौं / रास– प्रभु बैंक र टर्किस एयरलाइन्सबीच टिकट सहुयितसम्बन्धी सम्झौता भएको छ । सो सम्झौतामा प्रभु बैंकका ग्राहकलाई टर्किस एयरलाइन्समा यात्रा गर्दा टिकटमा छुट दिइने बताइएको छ । प्रभुका ग्राहकले जुनसुकै मुलुकमा टर्किस एयरबाट हवाई यात्रा गर्दा हवाई टिकटमा विशेष सहुलियत प्राप्त गर्नुका साथै थप लगेजको सुविधासमेत प्राप्त गर्न सक्नेछन् । यो सुुविधा प्राप्त गर्नका लागि टर्किस एयरलाइन्सबाट हवाई यात्रा गर्नका लागि टिकट खरिद गर्दा सम्बन्धित ग्राहकले प्रभु बैंकबाट जारी गरिएको के्रडिट कार्ड, वेल्थ कार्ड र प्रिभिलेज कार्डमध्ये कुनै पनि कार्ड पेस गर्नुपर्ने बैंकले जनाएको छ ।