अस्ट्रेलियन युनिभर्सिटी मेला हुँदै

काठमाडौं / रास– ग्लोबल रिसर्चको आयोजनामा आगामी सोमबारदेखि राजधानीमा अस्ट्रेलियन युनिभर्सिटी मेला हुने भएको छ । हालसम्मकै ठूलो मानिएको सो शैक्षिक मेला दरबारमार्गस्थित होटल अन्नपूर्णमा बिहान १० बजेदेखि सा“झ ५ बजेसम्म सञ्चालन हुनेछ ।

सो शैक्षिक मेलामा विश्व सूचीमा अग्रस्थानमा रहेका अस्ट्रेलियाका उत्कृष्ट २८ युनिभर्सिटीको सहभागिता रहने कुरा आयोजक ग्लोबल रिसर्चले जानकारी दिएको छ । अस्ट्रेलियामा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूले शैक्षिक मेलामा सहभागी हुन पाउने जनाएको छ । मेलामा विभिन्न युनिभर्सिटीका प्रतिनिधिहरूसँग नेपाली विद्यार्थीले सिधै भेटघाट गर्नुको साथै युनिभर्सिटीका बारेमा प्रत्यक्ष छलफल गरी आफूले अध्ययन गर्न चाहेको विषयमा यथेष्ट जानकारी लिन सक्ने आयोजकले जनाएको छ । साथै ग्लोबल रिसर्चले उपत्यका बाहिरका तीन वटा सहर चितवन, पोखरा र बुटवलमा पनि मेला आयोजना गर्ने भएको छ ।

आगामी मंगलबार चितवनको भरतपुरमा बिहान ११ बजेदेखि ३ बजेसम्म मेला लाग्ने जनाएको छ । त्यस्तै, बुधबार पोखरामा बिहान ९ः३० बजेदेखि २ बजेसम्म र बिहीबार बुटवलमा बिहान ११ बजेदेखि ३ बजेसम्म युनिभर्सिटी मेला हुने भएको आयोजकले जानकारी दिएको छ ।