बिम्स्टेक राष्ट्रबीच व्यापार उदारीकरणको आवश्यकता : निजी क्षेत्र

राजधानी समाचारदाता / काठमाडौं

निजी क्षेत्रमा उद्यमी व्यवसायीहरूले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ( बिम्स्टेक) का सदस्य राष्ट्रबीच व्यापार उदारीकरणको आवश्यकता औंल्याएका छन् ।

काठमाडौंमा बिहीबारदेखि सुरु भएको बिम्स्टेक सम्मेलनको दोस्रो दिन शुक्रबार सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले यस्तो आवश्यकता औंल्याएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बिम्स्टेकको १५औं मन्त्रीस्तरीय बैठकको दोस्रो दिनको विशेष सत्रलाई सिंगो नेपाली निजी क्षेत्रको तर्फबाट सम्बोधन गर्दै बिम्स्टेकलाई बिना कुनै विलम्ब सशक्त ढंगबाट अगाडि बढाउन आग्रह गरिन् ।

बिम्स्टेकमा नेपाललगायत भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमार सदस्य राष्ट्रहरू रहेको बिम्स्टेक सम्मेलनमा सदस्य राष्ट्रहरूका विदेश मन्त्रीहरूसहित उच्च सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो ।

सन् १९९७ मा गठित बिम्स्टेक यस क्षेत्रका जनताको अपेक्षाअनुसार अगाडि बढ्न नसकेकाले काठमाडौं बैठक बिम्स्टेकलाई बिनाकुनै विलम्ब सशक्त ढंगबाट अगाडि बढाउन महŒवपूर्ण निर्णयहरू गर्न सफल हुने विश्वास अध्यक्ष राणाले व्यक्त गरिन् ।

अन्तरक्षेत्रीय व्यापारको करिब ७ प्रतिशत मात्र हिस्सा रहेको बिम्स्टेकमा एक दुई राष्ट्रबीच मात्र क्षेत्रीय व्यापार सञ्जाल जोडिएको छ । सदस्य राष्ट्रबीच न्यून सम्पर्र्क, कर तथा गैर कर अवरोधहरू र व्यापार सहजीकरणका कमजोर मापनहरू नै यस क्षेत्रका मुख्य कमजोरीहरू रहेको बताउँदै अध्यक्ष राणाले सन् २००४ मा बिम्स्टेक सदस्य राष्ट्रबीच स्वतन्त्र व्यापार सम्झौता भए पनि यसले व्यापार उदारीकरणमा मूर्त रूप पाउन नसकेको धारणा व्यक्त गरिन् ।

उनले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सदस्य राष्ट्रका सरकारसमक्ष एकीकृत क्षेत्रीय व्यापारका लागि जतिसक्दो छिटो राजनीतिक प्रतिबद्धतासहित यसलाई अगाडि बढाउन विशेष आग्रहसमेत गरिन् ।

स्वतन्त्र व्यापार सम्झौता मात्रले आर्थिक सहयोग र आर्थिक एकीकरणको प्रत्याभूति दिन नसक्ने बताउँदै अध्यक्ष राणाले यस्ता मञ्चहरूलाई सफल पार्न नेपालजस्ता अल्पविकसित राष्ट्रहरूको चासोलाई विशेष प्राथमिकता दिनैपर्नेमा जोड दिइन् ।

अध्यक्ष राणाले बैठकमा सहभागी विदेश मन्त्रीहरूसमक्ष नेपालजस्ता अल्प विकसित राष्ट्रहरूको उत्पादन क्षमता विकास, लगानी प्रवद्र्धन तथा आर्थिक अवसरहरू सिर्जना गर्न विशेष आग्रह गर्दैै उनले भनिन्, ‘त्यसका लागि अन्तरक्षेत्रीय लगानी तथा प्रविधि हस्तान्तरणसहितको क्षेत्रीय व्यापार अभिवृद्धिमा हाम्रो महŒवपूर्ण जोड छ ।’

बिम्स्टेकमा नेपाललगायत भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यानमार सदस्य राष्ट्रहरू रहेको बिम्स्टेक

सम्मेलनमा सदस्य राष्ट्रहरूका विदेश मन्त्रीहरूसहित उच्च

सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो

बिम्स्टेक सदस्य राष्ट्रहरूबीच सहयोग तथा लगानीका निकै धेरै सम्भावनाहरू छन् । बिम्स्टेक आफैं प्राकृतिक स्रोतमा निकै धेरै सम्पन्न क्षेत्र हो । जस्तो कि भुटान र नेपाल जल ऊर्जामा निकै धनी छन् भने म्यानमार र बंगलादेश प्राकृतिक ग्याँसमा सम्पन्न छन् । यस क्षेत्रका निजी क्षेत्रबीचको संयुक्त लगानीमा यी सम्भावनालाई दोहन गर्न आवश्यक रहेको उनले बताइन् ।

क्षेत्रीय ऊर्जा प्रसारण लाइनको विकास एवं प्राकृतिक ग्याँस पाइप लाइन विस्तारमार्फत यस क्षेत्रको ऊर्जा क्षमता विकास तथा ऊर्जा सुरक्षा प्रत्याभूतिका लागि अध्यक्ष राणाले आफ्नो सम्बोधनमार्फत यस क्षेत्रका सरकारसमक्ष आग्रहसमेत गरिन् ।

यस क्षेत्रमा सहयोगको अर्को ठूलो सम्भावना बोकको क्षेत्र पर्यटन भएको उल्लेख गर्दै उनले कला, संस्कृति एवं प्राकृतिक सम्पदाले सम्पन्न यो क्षेत्रको पर्यटन विकासको सम्भावनालाई दोहन गर्न पर्यटनसम्बन्धी दीर्घकालीन योजना तथा रणनीति विकासमा जोड दिइन् ।

पर्यटन विकासको महŒवपूर्ण कडी हुन सक्ने यस क्षेत्रलाई बौद्ध सर्किटका रूपमा विकास गर्नुपर्नेमा समेत उनले सुझाव दिइन् । अध्यक्ष राणाले यस क्षेत्रको आर्थिक विकासका लागि रेल, सडक, समुद्र, वायु र डिजिटलमार्फत आपसी सम्पर्क विस्तारमा विशेष जोड दिनसमेत आग्रह गरिन् ।

आफ्नो सम्बोधनका क्रममा अध्यक्ष राणाले करिब २.५ ट्रिलियन अमेरिकी डलर कुल गार्हस्थ्य उत्पादन भएको बिम्स्टेकमा १.५ बिलियन मानिसहरू बसोबास गर्ने उल्लेख गर्दै यस क्षेत्रमा रहेको प्रचुर आर्थिक विकासको सम्भावनालाई यथार्थतामा रूपान्तरण गरी क्षेत्रीय आर्थिक विकासलाई तीव्र रूपमा अगाडि लैजान यस क्षेत्रका निजी क्षेत्रहरूबीचको सहकार्य हुनुपर्नेमा विशेष जोड दिइन् ।

व्यावसायिक सम्बन्ध एवं सञ्जाल विस्तारबाट मात्रै क्षेत्रीय समृद्धि सम्भव भएको बताउँदै अध्यक्ष राणाले बिम्स्टेक उद्योग वाणिज्य संघ गठन गरी सोही संघमार्फत यस क्षेत्रको व्यापार तथा लगानी अभिवृद्धि अगाडि बढ्नुपर्नेमा उनको जोड थियो ।

आसियान र ईयूले प्राप्त गरेको आर्थिक सफलताबाट पाठ सिक्दै हामीले पनि बिम्स्टेकमा आर्थिक मुद्दालाई मुख्य रूपमा जोड दिई जानुपर्ने र यस क्षेत्रको सशक्त मञ्चका रूपमा अघि बढाउ“दै यस क्षेत्रका जनताको समृद्धिमा लाग्न नेपाली निजी क्षेत्रको तर्फबाट अध्यक्ष राणाले यस क्षेत्रका सरकारसमक्ष विशेष आग्रहसमेत गरिन् ।