विराटनगरमा एअरपोर्ट नै डुब्यो, अनिश्चितकालीन हवाई सेवा बन्द

विराटनगर । अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ ।विमानस्थलको धावन मार्गमा दुइ फिट सम्म पानी जमेका कारण हवाई सेवा अनिश्चितकालिन बन्द गरिएको छ । यस्तै नोवेल अस्तपालको काउन्टरसम्म पानी जम्दा विरामीहरुलाई सास्ती छ । विराटनगरका सवै वडामा साना सवारी साधनको आवत जावत प्रभावित छ । हजारौ घर डुवानमा पर्दा नगरबासीहरु घर छोडेर अन्यत्र बस्न वाध्य छन् ।

सम्भवतः १० बर्ष अघि आएको बढीले विराटनगरमा यस्तै डुवान भएको थियो ।