बारामा एकको मृत्यू एक बेपता र दर्जनौ गाउँ डुबानमा

कृष्ण सिग्देल / बारा

शुक्रबारको अविरल बर्षाको कारण बाराको सिम्रौनगढ नगरपालिका ८,कटरवाकी ४५ बर्षिया गहनी पासवानको मृत्यू भएको छ । उनको घर भत्किएर मृत्यू भएको हो । आर्दश कटुवाल गाउँपालिकाका रामजानकी बृद्धाआश्रममा बस्ने ७० बर्षिय ब्रम्हदेव महत्तो पनि बेपत्ता भएका छन् । जमानु नदीमा आएका बाढीका कारण पासवानको मृत्यू भएको हो । रामजानकी मन्दिरमा रहेका बृद्धाआश्राममा बाढी पसेर घर भत्किँदा महत्तो बेपत्ता भएको प्रहरीले जानकारी दिएका छन् । प्रहरीले उनको खोजतलास गरी रहेको छ ।


त्यसैगरी, कोलाहनी नगरपालिका वर्डा नं ८ स्थित रहेको मत्स्यपालन केन्द्रमा बाढी पसेर माछाहरु बगाएको छ । सो माछा पोखरीमा दुईवटा खोलाको बाढी पसेर डुवानमा परेको हो । पुर्वको बकैया नदी र पश्चिमको पसाहा नदीको बाढी पसेर माछा पोखरीमा रहेको माछा बगाउनुका साथै करिब ६० लाख जतिको क्षति गरेको स्थानीय मत्स्यब्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहले बताए ।

दर्जनौ गाउँ डुबानमा

बाढीका बारण बाराका ग्रमिण भेगका दर्जनौ गाउँहरु डुबानमा परेका छन् । जसका कारण मानिसहरुलाई आवात जावात गर्न निकै कठिन परेको छ भने उद्धार गर्न विरामीलाई उपचार गर्न लैजान समस्या परेको छ । बाराको नितनपुरको दलितबस्ती, कोलहवी नगरपालिका ८,का नयाँवस्ती, त्यसैगरी जीतपुर सिमरा उपमहानगरपलिकाको मुख्य चोक सिमारा बजार जलमग्न भएको छ ।

बाढी धानवाली नष्ट

बाढीले सयौं विगाहमा लगाएको धानवाली नष्ट भएको छ भने ग्रमिण भेगमा सड्क अवरुद्ध भएको छ । त्यसैगरी दर्जनौ ग्रमिण भेगमा जाने पुलहरु भत्किएका छन् ।