राजधानीकर्मी पुरस्कृत

  साउंन २७,  बाजुरा

अन्तराष्ट्रिय युवा दिवसको अबसमा जिल्ला युवा समिती बाजुराले युवा प्रतिभा तथा उध्यमी प्रोत्सान कर्यक्रम अन्तर्गत सूचना प्रविधि र सञ्चार क्षेत्रमा उत्कृष्ठ काम गरेकोमा राजधानी कर्मी निमेन्द्र शाहीलाई लाई नगद सातहजर सहित सम्मानीत गरेको छ।

सम्मान र पुस्कार बुज्झै राजधानी कर्मी निमेन्द्र शाही

बाजुरा जिल्लामा १३ बर्ष देखी पत्रकारीता गदै आएका शाही यस जिल्ला बाट राजधानी दैनिक, उज्यालो र न्यूज २४ टेलिभिजनका लागि काम गर्छन् भने जिल्लामा एक साप्ताहिक र एक दैनिक नियमित संचालन गरीरहेका छन्। बाजुरा जिल्लामा बिभिन्न उद्यममा लागेका लाई उक्त कार्याक्रममा सम्मान गरीएको थियो। सूचना प्रविधि र सञ्चार क्षेत्रमा उत्कृष्ठ काम गरेकोमा राजधानी कर्मी शाही, ग्रीलउद्योग संचालन गरेकोमा दुर्ग मल्ल, खेल क्षेत्रमा कमल थापा, साहित्यमा कृष्ण ओली लाई सम्मानीत गरेको थियो ।