आइसीसी सदस्यमा विमल सुवेदीको उम्मेद्धारी

नेपाल बाट बैदेशीक रोजगारी तथा ब्यवसायको शिलसिलामा कतारमा आएर समाज सेवा र समाजीक कार्यमा संलग्न सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनी भद्र भलादमी महिला तथा सज्जन बृन्दमा म तपाईंहरुको भाई दाई र साथी बिमल सुबेदीको तर्फबाट सादर नमस्कार टक्र्याउन चाहन्छु । बर्तमान अवस्था मा कतार लगायत विश्वका ७३ देशमा गैर आवासिय नेपाली सँघ राष्ट्रिय समन्वय समिती को अधिवेशन को माहोल मा नेपाली समाज जागरुक भएको छ । यसै शिलसिला मा सार्क मुलुक बाहेक बिदेशमा बस्ने नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गैर आवसिय नेपाली संघ कतार च्याप्टरको सातौ अधिवेशन नजिकदै गर्दा बिगत १३ बर्ष देखी कतारमा रहेर विभिन्न सामाजिक बैचारिक संघ संस्थामा आवद्द भएर काम गरेको अनुभब । एनसिसी कतारमा २००६-२००९ को कार्य समिती सदस्य मा रहेर कामगरी सकेपछी एनसिसी कतारमा लामो समय सम्म सल्लाकारका रुपमा बसेर एनसिसी कतारमा गरेको योगदानलाई अनुभबको रुपमा संगाल्दै आउदो एनसिसि कतारको अधिवेशनमा कतारबाट आइसिसी सदस्यमा उमेद्वार दिएको छु । मेरो यो निर्णयले तब मात्र सार्थकता पाउने छ जब तपाईंहरुले आफ्नो माया मामताका साथ आफ्नो अमुल्य मत दिएर मलाई त्यो ठाउमा पुर्याउनु हुनेछ । यहाँ हरुले उपयुक्त ठानेर मलाई त्यो पदीय जिम्मेवारी जिम्मेवारी दिनु भयो भने यहाँ हरुको सुख दु:खको साथी त अबस्य बन्ने छु साथै तपाईं हाम्रो हक अधिकारको लागि कानुनी लडाईं देखी हर कुरामा तपाईं हरुको पक्षमा रहेर तपाईं हरुको भावना बिपरित कुनै कार्य गर्ने छैन भनी बचन बद्दता ब्यक्त गर्दछु । “तपाईं हरु सक्षम रनुहोस् र हर समस्या सग जुद्द्न सक्ने योग्य बन्नुहोस् हरेक दिन खुशी रहनु होस्

मेरा प्रतिबद्दताहरु

१) कतार लगायत प्रबासमा रहेका सम्पूर्ण नेपाली हरुको दु:ख सुखमा सधै साथमा रहने ।
२) एनआरएनए आइसिसिका सँस्थापकज्यु हरुले स्थापना कालिन समयमा लिएको लक्ष्य र उदश्य को मुल्याकन गर्दै लक्षित उदेश्य प्राप्तिको लागि कटिबद्द रहने ।
३) गैर आवसिय नेपाली सँघको स्थापना कालिन मान्यता भावना मुताबिक सार्क राष्ट्र बाहेक १८२ दिन बिदेशमा रहने नेपाली हरुलाई गैर आवासिय नेपाली संघको परिभाषा भित्र समेट्न कटिबद्द रहने ।
४) एन्सीसी र आइसिसी लाई संस्थागत रुपमा सन्चालन गर्न गराउन सधै लागि पर्ने ।
५) मध्यपुर्बका खाडी राष्ट्रमा कामदार पठाउदा नेपाल एयरर्पोटमा हुने बिभिन्न किसिमको सेटिङ को अन्त्यको लागि सम्बन्धित निकायमा आवाज बुलन्द गर्न एनसीसी आइसिसी र प्रवासमा रहेका अन्य सँघ सस्था संग हातेमालो गरेर अगाडि बढ्ने ।
६) कतार लगायत खाडी मुलुक मा आउने श्रमिकहरु बिबिन्न किसिम्का एक्सिडेन्ट बाट अङ भङ हुने काम बाट निकालिने बिबिन्न किसिम्का समस्या मा परेको खण्डमा कानुनी सेवा को अभाब मा आफ्नो अधिकार बाट बन्चित भइ घरफिर्तीहुन पर्ने बाध्य तितो यथार्थ हो तसर्थ नेपाल सरकार संग श्रम स्वीकृति भएको देश मा नेपाल सरकारबाट नेपाल सरकारको अधिबक्ता सरहको पोस्ट सम्बन्धित दुताबास थप्न लगाइ एक सरकारी वकिल को ब्यबस्था दुताबास नियुत गर्न दबाब दिने जसबाट समस्यामा परेकाले आफ्नो अधिकार प्राप्त गरी स्वदेश फिर्ता हुन सहज हुन सक्ने छ । जीवन गुजाराको लागि नेपाल सरकारले सहयोग र सपोर्ट गर्नु पर्दछ भन्ने आवाज बुलंद गर्ने ।
७) कतार लगायत नेपालीको जनघनत्व बढी भएको खाडी मुलुकमा एक नेपाल कल्चर सेन्टरको आवश्यकता रहेको र यो स्थापनाको पहल गर्न सम्बन्धित देशका दुताबासको समेत सहयोगमा नेपाल सरकारको ध्यान आकृष्ट गरी स्थापना गर्न पहल कदमी गर्ने ।
८) भिजिट भिसामा कतार लगायत गल्फ मुलुकमा मानिस लाई अलपत्र पार्ने एजेन्सीलाई कानुनी अनुसार कारवाही चलाउन सहयोग पुर्याउने एस्त कार्यलाइ निष्कृय बनाऊन पहल कदमी गर्ने ।
९) कतारमा स्थापना भएका सामाजिक बैचारिक साहित्य सास्कृतिक खेलकुद जस्ता नेपाली संघ सस्थाहरुको सल्लाह सुझाब लिएर अगाडी बढ्ने छु साथै यी संघ सस्थाहरु संग को सहमती सहकार्य र सह अस्थित्वमा एन आर एन अभियान सफल हुने भएको ले त्यसको लागि कटिबद्द रहने ।
१०) बिभिन्न समस्याहरुबाट ग्रसित भई कुलतमा लागेका नेपालीहरु लाई सम्भब भए सम्म जनचेतना मुलक कार्यक्रम ल्याउन पहल गर्ने छु साथै त्यस्ताब्यक्ती स्वदेश फर्कन सफल भएमा सुधार गृहमा राखी उपचार पछी उसंग भएको शिपलाइ उपयोग गर्न सकुन भन्ने उद्देश्य ले आइसीसीको सहकार्यमा त्यस्ता काम गर्ने बातावरण सिर्जना गर्न पहल गर्ने छु ।
११) बिदेश बाट घर फर्किएका कला र सिप जोस जागर भएका नेपाली हरुलाई नेपाल सरकार र गैर आवासिय नेपाली मार्फत लगानी गरी उद्दमी बनाउन पहल कदमी गर्ने ।
१२) काम गरिरहेको मुलुक बाटै श्रमस्वीकृति लिन पाउने ब्यबस्था गर्न नेपाल सरकार लाई आइसिसि एन्सिसी र सम्बन्धित देशका सघ सस्थाको पहलकदमीमा दबाब सिर्जना गर्न पहल गर्ने ।
१३) बिदेशमा मृत्यु भएका परिवारका सदस्य हरुलाई नेपालमा रोजगारीको अबसर दिन कार्यपत्र बनाइ आइसिसी मार्फत दवाब सिर्जना गर्ने साथै मिर्तकले पाउने बिमा रकम अझ बढाउन नेपाल सरकार बैदेशिक रोजगार बोर्डमा निरन्तर दबाब दिने ।
१४) कतारमा रहेका बिदेशी कलेजमा यही काम गर्ने श्रमिक का छोरा छोरीले छात्रवृतिको लागि पहल गर्न नेपाली दुताबास लाई अनुरोध गर्ने ।
१५) गैर आवासिय नेपालीहरुको समृद्द नेपालको अबधारणालाई साकार पार्न आइसिसि मार्फत सामुहिक लगानिको लागि छरिएर रहेको सानो सानो लगानी लाई विश्वसनिय निकाय मार्फत लगानिको बातबरणको लागि पहल गर्ने जसमा कृषि जलबिधुत सहकारी पर्यटन क्षेत्रका लगानीहरु प्राथमिक रुपमा हुने छन ।
१६) नेपाल भैपरी आउने घटना दुर्घटनाको पीडित हरुलाई राहत तथा उद्दारमा सहयोग गर्न एनसिसि र आइसिसी लाई समन्वयकारी भूमिका खेल्ने ।
१७) गैरआवासीय नेपालीहरुको सकृयतामा नेपालका विभिन्न विद्यालयहरुमा ‘बिदधुतिय पुस्तकालय’ स्थापना भैरहेको कार्य लाई निरन्तरता दिने । कम्तिमा आफू पढेको बिद्दालयमा इ पुस्तकालय सन्चालन मा एन्सिसी कार्यकारीणी सदस्य हरुमार्फत अगाडि बड्ने । खुला विश्वाबिदालयको अबधारणामा भाई रहेको प्रगती लाई अज उचाइ मा पुर्याउन थप पहल गर्ने ।
१८)विदेश स्थित कम्पनीहरुमा काम गर्ने नेपाली कामदारहरु कुनै कानूनी झमेलामा परेमा उक्त कम्पनीले भिसा क्यान्सील गरिदिने कारणले गर्दा ति कामदारहरु ज्यादैनै मारमा पर्ने गरेका छन्। पिडितको तर्फबाट न्यायमा पहुँच पुर्याउनका लागि न नेपाल सरकारले चासो देखाएको छ न त कुनै रोजगारदाताले नै। कामदारहरुका कानूनी हकहितको लागि कुनै पहल नगरिनु राज्यको गैर जिम्मेवारिपन हो। जुन क्षेत्रबाट कर असुलिन्छ देशको प्राथमिकता त्यस क्षेत्रको सुधारमा हुनु पर्दछ। तसर्थ राज्यबाट आधिकारिकरुपबाट विदेश गएका प्रत्येक कामदारको न्यायिक हक सुनिश्चितता गर्ने तर्फसम्बन्धित निकायको ध्यान आकृष्ट गर्न पहल कदमी गर्ने ।
१९) नेपाली भाषा साहित्यको जगेर्ना गर्न साहित्य सस्थाको पहल र सहयोग मा डायस्पोरामा रहेका साहित्यकार हरुलाई समेटेर सम्भब भए सम्म साहित्यिक कार्यक्रम गरी साहित्यिक उत्सब मनाउने कार्यको सुरुवात गर्ने ।
२०) प्रबास मा रहेकानेपाली हरुको परिचय पत्र बिदेश स्थित दुताबासबाट बनाउने र स्थानिय निर्वाचन र राष्ट्रिय निर्वाचनमा प्रबास बाट मदान गर्न पाउनेब्यबस्थाको लागि पहल कदमी गर्ने ।
२१) बैदेशिक रोजगार एैन लाई प्रबासी नेपालीको हक हितलाई मध्येनजर गर्दै समयअनुकुल परिमार्जन गर्न सम्बन्धित निकायमा दबाब दिने ।
२२) बैदेशिक रोजगारमा जाने महिलाको सुरक्षा र स्वदेश फर्कदा समाजमा सहज रुपमा पुनर्स्थापित हुन सहज हुने कानुन बनाउन नेपाल सरकार लाई दबाब दिने ।
२३) महिला दलित उत्पीडित, जनजाती द्वन्दपीडित तथा दुर्गम क्षेत्र का मानिस् लाई बिदेश जानु भन्दा अगाडि अनिबार्य तालिम को निशुल्क ब्यबस्था गर्न नेपाल सरकार लाई दबाब दिने ।
२४) नेपाल र कतारबिच को पारस्परिक सम्बन्धलाई थप मज्बुत बनाउन सम्बन्धित निकायमा सुझाब दिदै दुई देश बिचको व्यापार व्यवसायिक सम्बन्धमा जोड दिदै कतारि लगानी नेपाल भित्र्याउन आवस्यक कानुनि आधार पहिल्याउन दूतावास संग निरन्तर छलफलमा रहने ।

धन्यवाद
बिमल सुबेदी
उमेद्वार आइसिसी सदस्य