होस्टेलमै विद्यार्थीको हत्या

महेन्द्रनगर / रास– कञ्चनपुरको भीमदत्तनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीको शनिबार बिहान होस्टेलमै हत्यापछि सो घटनाको विद्यार्थी संगठनहरूले भत्र्सना गरेका छन् ।

बझाङ घर भई हाल सिद्धनाथ विज्ञान क्याम्पसमा बीएससी चौथो वर्षमा अध्ययनरत विद्यार्थी डम्बर जाग्रीको घाँटी रेटेर हत्या गरेको अवस्थामा होस्टेलको स्टोरमा शव भेटिएको थियो । मृतक जाग्रीले क्याम्पसमा रहेको क्यान्टिनसमेत लिजमा लिएर सञ्चालन गर्दै आएको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रकाशबहादुर चन्दले मृतक जाग्री रहस्यमयी तरिकाले मृत अवस्थामा भेटिएको बताए । छात्रावासका क्यान्टिन कारिगर भारतीय नागरिक सुरेन्द्रसिंह रावतले आफू दाल पकाइरहेको अवस्थामा स्टोरबाट डाडु ल्याउन सहयोगी सुरज ढगौरालाई पठाएका बेला जाग्री मृत्य अवस्थामा भेटिएको बताए । ‘म बिहानका लागि खाना पकाइरहेको थिएँ,’ ‘कारिगर रावतले भने, ‘डम्बर त ढलेको देखें, मैले उनलाई हेर्न सकिनँ ।’