रूपन्देहीमा एमाले–फोरम गठबन्धन

भैरहवा / रास– जिल्ला समन्वय समिति रूपन्देहीमा कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनलाई हराउँदै नेकपा एमाले र संघीय समाजवादी फोरम गठबन्धनको प्यानल विजयी भएको छ ।

नौ सदस्यीय समितिका लागि शनिबार सम्पन्न मतदानमा कुल ३२ मतमध्ये २७ मत ल्याई एमालेका उम्मेदवार एकराज विश्वकर्मा जिसस प्रमुखमा विजयी भए । यस्तै उपप्रमुखमा संघीय समाजवादी फोरमका पशुपतिनाथ यादव विजयी भए ।

सदस्यहरूमा एमालेका कविराम अर्याल, खेमप्रसाद लुइँटेल, जमुना लम्साल र ज्ञानु विक विजयी भए । यस्तै फोरमबाट छोटे हरिजन, सरौजा बरई र रियाज विजयी भएका छन् ।

निर्वाचित जिसस प्रमुख, उपप्रमुख तथा सदस्यहरूलाई प्रमुख निर्वाचन आयुक्त जिल्ला न्यायधीश मुरारीबाबु श्रेष्ठले शनिबारै पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।