राजधानीकर्मी शाही पुरस्कृत

बाजुरा / रास– अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राजधानीकर्मी निमेन्द्र शाही पुरस्कृत भएका छन् । जिल्ला युवा समिति बाजुराले युवा प्रतिभा तथा उद्यमी प्रोत्साहन कार्यक्रमअन्तर्गत सूचना प्रविधि र सञ्चार क्षेत्रमा उत्कृष्ट काम गरेकामा राजधानीकर्मी शाहीलाई नगद ७ हजारसहित सम्मान गरेको हो ।

बाजुरामा विभिन्न उद्यममा लागेकालाई सो कार्यक्रममा सम्मान गरिएको थियो । सूचना प्रविधि र सञ्चार क्षेत्रमा उत्कृष्ट काम गरेकामा राजधानीकर्मी शाही, ग्रिल उद्योग सञ्चालन गरेकामा दुर्ग मल्ल, खेल क्षेत्रमा कमल थापा र साहित्यमा कृष्ण ओलीलाई सम्मान गरिएको थियो ।