मकवानपुर पहिरोमा परी एकै घरका ६ जनाको मृत्यु, रौतहटमा बाढीले बगाएर ६ को ज्यान गयो

काठमाडौं । मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका–१० मन्थलीमा आइतबार बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

मृत्यु भएका परिवारको विवरण लिन ठिङ्गनबाट घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन अझै केही समय लाग्ने भएको जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

त्यस्तै रौतहटमा बाढीमा परी ६ जनाको ज्यान गएको रौतहट प्रहरीले जनाएको छ ।