‘राजनीतिक स्थिरता भए मात्रै आर्थिक वृद्धि सम्भव’

राजधानी संवाददाता  / पोखरा

राजनीतिक स्थिरता भए मात्रै सरकारले घोषणा गरेको ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सकिने नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बताएका छन् ।

क्रस दि बोर्डर कार्यक्रममा गभर्नर डा. नेपालले अहिलेकै राजनीतिक परिस्थिति कायम रहे मात्रै सरकारले निर्दिष्ट गरेको आर्थिक वृद्धि हासिल गर्न सक्ने जानकारी दिए । ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राख्नु महŒवाकांक्षी भए पनि राजनीतिक स्थिरता भए प्राप्ति गर्न कठिनाइ नहुने भन्दै उनले मुद्रास्फीति ७ प्रतिशतमै राख्न सकिने बताएका हुन् ।

आव २०७३÷७४ मा १२ वर्षयताकै ४ दशमलव ८ प्रतिशतको मुद्रास्फीति दर राख्न सफल भएको उनले चर्चा गरे । बढ्दो आयात चुनौतीको विषय रहेको चर्चा गर्दै उनले यसलाई उत्पादनका निम्ति अवसरका रूपमा परिणत गर्न सके सम्भावनाको ढोका खुल्ने बताए ।

उनले ६० प्रतिशत जनसंख्या बैंकिङ पहुँचबाट बाहिर रहेको, १९ प्रतिशत युवा खल्तीमै पैसा राख्ने गरेको र ५२ प्रतिशतले अझै पनि बैंकिङ ऋणको उपयोग गर्न नसकेको बताए । वित्तीय क्षेत्रमा स्थायित्वका लागि वैदेशिक रोजगारको भर पर्न उपयुक्त नहुने तर्क गर्दै गभर्नर नेपालले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

यसअघि २ सय ८४ अर्बको निक्षेप रहेकोमा हाल बढेर २३ सय अर्बको निक्षेप रहेको उनले जानकारी दिए । विगतमा १६ बैंक संकटग्रस्त रहेकामा क्रमशः घट्दै गएकामा उनले चिन्ता व्यक्त गरे ।

विगतमा ६ प्रतिशत ब्याज अनुदानमा कृषकलाई ऋण सुविधा दिएकामा लिने क्रम अहिले बढेको उनको भनाइ थियो । अढाइ वर्षअघि ३ जनामात्र रहेकामा ५५ सय जनाले अहिले यस्तो सुविधा लिएका छन् । खप्तड, हलेसीदेखि जनकपुरसम्म होटल प्रवद्र्धनका लागि ४ प्रतिशत ब्याजदरमा ऋण सुविधा प्रदान गरेको भए पनि त्यो लिन नआएको उनले गुनासो गरे ।

गत आवमा धान राम्रो फलेको भनिए पनि २१ अर्ब बढीको चामल तथा ८ अर्बको तरकारी आयात हुनु हाम्रो जस्तो कृषिप्रधान मुुलुकका लागि सुहाउँदो नभएको बताए । ७ सय ४४ स्थानीय तहमध्ये बैंकिङ पहुँच नपुगेका २ सय २५ तहमा बैंकिङ पहुँच पु¥याउन राष्ट्र बैंक सकारात्मक रहेको भन्दै उनले त्यसका लागि सरकारले आवश्यक पूर्वाधार तयार गर्नुपर्ने बताए । पूर्वाधार विकाससँगै राष्ट्र बैंकले फकाएर भए पनि बैंकहरू त्यस क्षेत्रमा लैजानेमा उनले

जोड दिए ।

१ सय ८८ अर्ब राष्ट्र बैंकको ढुकुटीका रूपमा रहेको भन्दै उनले वृद्ध, अपांगता भएका र सीमान्तकृत नागरिकका लागि स्पेसल सेल खोलिने योजनामा राष्ट्र बैंक रहने बताए । अब बैंक तथा वित्तीय संस्था विस्तारै डिजिटल पेमेन्टमा जाने भन्दै उनले त्यसको संवेदनशीलता बुझी बिस्तारै नियमन गरी अघि बढ्नुपर्ने बताए । नेपालको वास्तविक उत्पादन कस्तो रहेछ भन्ने विगतको नाकाबन्दीले प्रस्ट हामीलाई शिक्षा दिएको भन्दै उनले त्यसबाट सिकेर अघि बढ्नुपर्ने बताए ।