किरात लोहोरुङ राईको चिनारी लोकार्पण

काठमाडौं / रास– वाङ्मय  शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले राजधानीमा एक कार्यक्रमबीच लेखक तथा किरात लोहोरुङ राई संस्कृति अन्वेषक एलेन ठूलेद्वारा लिखित ‘किरात लोहोरुङ राई चिनारी’ पुस्तक लोकार्पण गरेका छन् । लोकार्पणपछि बोल्दै संस्कृतिविद् जोशीले कार्यक्रममा बोल्दै युनेस्कोको अवधारणा, नेपाल सरकारको सांस्कृतिक नीति आदिको हिसाबले पनि यो पुस्तक उत्तिकै महŒवपूर्ण छ भने । उनले हरेक जातिको चिनारी आवश्यक रहेको उल्लेख गर्दै अमूर्त सांस्कृतिक सम्पदाका क्षेत्रमा ठूलेको पुस्तकलाई नवीन उपलब्धिको रूपमा आफूले लिएको छु भने ।

संखुवासभा गैरीपाङमाका लीलानाथ लोहोरुङ राई एलेन ठूलेले सन् २०१० मा सिंगापुर पुलिस फोर्सअन्तर्गत गोर्खा कन्टिन्जेन्टको अवकाशपछि लामो खोज अनुसन्धानपछि ‘किरात लोहोरुङ राई चिनारी’ तयार गरेको बताए ।

कार्यक्रममा भाषाविद् प्रा.डा. विष्णुसिंह राईले बन्दुक चलाउने व्यक्ति लेखनमा लागेकोमा प्रशंसा गर्दै भाषा, संस्कृति जोगाउन सम्बन्धित जाति एवं समुदाय नै लाग्नुपर्ने धारणा व्यक्त गरे ।