रौतहटमा बाढीले जीप बगाउँदा एकै परिवारका ६ को मृत्यु

रौतहट । बाढीले जीप बगाउँदा रौतहटमा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । सुत्केरी गराउन स्वास्थ्य संस्था जाँदै उनीहरु सवार जीप बाढीले बगाएको हो ।

राजपुर गाउँपालिका–३ स्थित बमनहरले बाध भत्किँदा उनीहरु चढेको जीप परेको थियो । मृत्यु हुनेमा परोहा गाउँपालिका ३ लौकाहाका ३२ वर्षीय चन्दन यादव, उनकी श्रीमती सर्मिला यादव, आमा सुमित्रादेवी, भाउजु ललिता देवी, भतिजा सरोज यादव र छोरी छोटु यादवको बाढीले बगाउदा मृत्यु भएको हो ।

लौकाहाबाट बिहान करीव ३ बजे उनीहरु राजपुरमा रहेको स्वास्थ्यकेन्द्रमा गर्भवती गराउन आएका थिए । चन्दनको श्रीमती सर्मिलादेवीलाई सुत्करी ब्यथा लागेपछि उनीहरुको परिवार नै जीपमा दुई किलो मिटर टाढा रहेको स्वास्थ्यकेन्द्र जाँदै थिए । स्वास्थ्य केन्द्रदेखि करीव दुई सय मिटरमा उनीहरु चढेको जीप बगाएको प्रहरीले जनाएको छ ।