एचटीसीका स्मार्टफोन नेपाली बजारमा

काठमाडांै / रास– नेपालका लागि एचटीसी स्मार्टफोनको एक मात्र आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले एचटीसी डिजायर ६५०, एचटीसी डिजायर १० प्रो तथा एचटीसी यू ११ मोबाइल नेपाली बजारमा ल्याएको छ ।

एचटीसी डिजायर ६५० को मूल्य १७ हजार ८ सय २५ रुपैयाँ, एचटीसी डिजायर १० प्रोको २९ हजार ९ सय रुपैयाँ तथा एचटीसी यू ११ को ७९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । एचटीसी डिजायर ६ सय ५० निलो रङमा उपलब्ध छ भने एचटीसी डिजायर १० प्रो गोल्डेन ब्ल्याक रङमा उपलब्ध छ ।

त्यस्तै एचटीसी यू ११ ब्ल्याक र रेड कलर अप्सनमा उपलब्ध छ । दसैं र तिहारको अवसरमा ग्राहकहरूले प्रत्येक एचटीसी फोन खरिदमा चाँदीको सिक्का निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।