सीबीआईएल क्यापिटलको साधारणसभा

काठमाडौं / रास– सीबीआईएल क्यापिटलको ११औं साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आव २०७३÷०७४ को वितरणयोग्य नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । साथै सभाले कम्पनीको हाल कायम चुक्ता पुँजी १० करोडलाई शतप्रतिशत वृद्धि गर्ने तथा सो प्रयोजनको निमित्त २० प्रतिशत सेयरलाई सार्वजनिक निष्कासन गर्ने प्रयोजनार्थ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । सर्वसाधारणमा सेयर निष्कासन गरेपछि संस्थापक समूहको ८ सय ५ तथा तथा सर्वसाधारण समूहमा २ सय ५ स्वामित्व कायम रहने गरी कम्पनीको सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ ।