प्रधानमन्त्री देउवाद्वारा राप्रपा प्रजातान्त्रिकका चार मन्त्री थप

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद बिस्तार गरी ५४ सदस्यीय पु¥याएका छन् । उनले पशुपति शमशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता दीपक बोहोरालाई विज्ञान, विक्रम पाण्डेलाई वन र सुनिलबहादुर थापालाई उद्योगमन्त्री नियुक्त गरेका छन् । यसैगरी रेशम लामालाई उद्योग राज्यमन्त्री बनाइएको छ ।

नवनियुक्त मन्त्रीहरुले सोमबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिने कायत्र्रmम छ । राप्रपा प्रजातान्त्रिकले थप राज्यमन्त्री र सहायकमन्त्री मागेकोमा प्रधानमन्त्री देउवाले अस्वीकार गरेका छन् । यसअघि ४ भदौमा विस्तारसँगै देउवा सरकार ५० सदस्यीय भएको थियो । जसमा तीन उप्रधानमन्त्री, २३ मन्त्री र २३ राज्यमन्त्री छन् ।