कलैयाको राजनीतिमा मधुमेह लागेको छ

लाई सुदृढ बनाउनेछु

विनोद साह

कलैया उपमहानगरपालिका, प्रमुखका उम्मेदवार, नेकपा एमाले

२० वर्षदेखि जनप्रतिनिधिविहीनरहेको कलैया उपमहानगरपालिकाकोविकास नहुनुको कारण कर्मचारीतन्त्र हो ।सरकारी जागिर खाने कर्मचारी एकजिल्लाबाट अर्को जिल्ला आएकाले यहाँको भूगोलबारे केही थाहा नभएकाले विकास हुन नसकेको हो । जनताले आफ्नै गाउँटोलका जनप्रतिनिधिलाई निर्वाचित गराए भने मात्र कलैया उपमहानगरपालिकाको विकास सम्भव छ । किनकि स्थानीय प्रतिनिधि भए उसले हरेक कार्यको जवाफदिनुपर्ने हुन्छ ।

त्यसैले विकासको एजेन्डा मसँग छ । मलाई जनताले निर्वाचित गराए म कलैयाको मुहार फेर्न सक्षम रहेकाले प्रत्येक टोलटोलमा पक्की सडक बनाउने लक्ष्य राखेको छु । सबभन्दा पहिले भ्रष्टचारीलाई समाप्त पार्ने योजना छ । चक्रपथको गुरुयोजना तयार गरी काम गर्ने र कलैयालाई हरियाली बनाउने लक्ष्य छ ।

भ्रष्टाचारमुक्त कलैया बनाउनेछु

राजेश राय यादव

कलैया उपमहानगरपालिका, प्रमुखका उम्मेदवार, नेपाली कांग्रेस

रोजगारीमा युवाहरूलाई रोजगारीको अवस्था प्रदान गर्ने व्यवस्था मिलाउनेछु । शिक्षामा निःशुल्क सिपमूलक र शिशु विकास केन्द्र बनाउनेछु । स्थानीय संस्कृति र संगीत सम्बन्धी काम गर्नेछु । कलैयालाई भ्रष्टाचारमुक्त बनाउने छु । बाटोघाटोको सुधार गर्नेछु । कलैयाको चौक चौराहामा वाइफाईको व्यवस्था मिलाउनेछु । वर्षायाममा कलैयाको बाटो र सडकमा जम्ने पानीको व्यवस्थाका लागि उचित ढल निकास गरी सुधार गर्नेछु ।

कृषिमा आधुनिक प्रविधि भिœयाउँछु

जयप्रकाश साह

कलैया उपमहानगरपालिका, प्रमुखका उम्मेदवार,राष्ट्रिय जनता पार्टी

युवाहरूलाई परिचालन गर्नुपर्छ । युवाहरू देशको मेरुदण्ड हुन् । यिनीहरूलाई कामको सिर्जना कसरी गर्नुपर्छ त्यसप्रति म अति नै संवेदनशील भई काम गनेछु ।

कृषि क्षेत्रमा आधुनिक प्रविधि भिœयाएर उत्पादन बढाउनुको साथै कृषि उपजलाई भण्डारण तथा बिक्री वितरणको व्यवस्थामा सुधार ल्याउनेछु । युवाहरूका लागि खेल मैदान, खेलकुद सामग्री तथा प्रशिक्षकको प्रबन्ध मिलाउनेछु ।

सामाजिक सुधार तथा सुरक्षाको हकमा चेतनामूलक, चारित्रिक एवं नैतिक शिक्षा सम्बन्धी विचार गोष्ठी, छलफल तथा अन्तक्र्रियाको माध्यमले वैचारिक परिवर्तन ल्याउनेछु । शिक्षा र स्वास्थ्य क्षेत्रमा शिक्षक, प्राध्यापक तथा स्वास्थ्यकर्मीलाई उचित मान सम्मान दिएर शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्यले प्रमुखको उम्मेदवारी दिएको छु ।

कलैयाको राजनीतिमा मधुमेह लागेको छ

मुकेश साह

कलैया उपमहानगरपालिका, प्रमुखका उम्मेदवार, नेकपा माओवादी केन्द्र

जसरी मानव शरीरमा मधुमेह (चिनी रोग) ले आफ्नो जड बनाएर पीडितको मृत्यु हुन्छ । त्यस्तै कलैयाको राजनीतिमा मधुमेह लागिसकेको छ । २० वर्षदेखि कलैयालाई शोषण गर्दै आएकोमा अहिले युवा वर्गले अगाडि बढ्ने मौका पाएको छ ।

कलैयाको विकासका लागि युवाको जोस जाँगर चाहिने भएकाले मैले आफ्नो उम्मेदवारी कलैया उपमहानगरपालिकाको प्रमुखमा दिएको छु । मसँग बृहत् योजना छ जुन मैले जितेपछि कलैयाको कायापलट गर्ने प्रतिबद्धता जनाएको छु ।

हामी जिते न जिते पनि विकासको सुरुवात गरिसकेका छौं । कलैया उपमहानगरपालिकाका लागि २ अर्ब रुपैयाँ खर्चको योजना पारिसकेका छौं र योजनामा काम पनि भइरहेको हुनाले मेरो उम्मेदवारी परेको हो ।

मधेस आन्दोलनको बलिदान खेर जान दिन्नँ

प्रमोदप्रसाद गुप्ता

कलैया उपमहानगरपालिका, प्रमुखका उम्मेदवार, संघीय समाजवादी फोरम नेपाल

मधेसीहरूले जब आफ्नो अधिकार माग्न आवाज उठाए उनका आवाज शासकहरूले बन्दुकको बलमा दबाए । अब आफ्नो अधिकार सुनिश्चित गर्ने मौका आएको छ । सदियौंदेखि म मधेसीका लागि लड्दै आएको छु । ‘कलैया उपमहानगरपालिकालाई समृद्ध उपमहानगरपालिका बनाउने अठोट राखेको छु । शिक्षा, स्वास्थ्य, कृषि, युवा बेरोजगारीका लागि काम गर्नेछु । स्थानीय तहको निर्वाचनमा प्रमुखको जिम्मेवारी जुन साधारण अवस्थामा छैन, यस कठिनाइलाई पार गर्न कलैयामा सरसफाइको ठूलो चिन्ताको विषय रहेको छ । बजारलाई व्यवस्थित र सफा

बनाउने भौतिक संरचनामा व्यवस्थित ढल निकास तथा २७ वटा वडामा पक्की सडक  बनाउने आफ्नो एजेन्डामा राखेको छु  । बेटी बचाऊ अभियानदेखि लिएर अहिलेसम्म समाजका लागि गर्दै आएकाले मसँग कलैयालाई समृद्ध बनाउने गुरुमन्त्र रहेकाले प्रमुखमा उम्मेदवारी दिएको छु ।

 

प्रस्तुति : अजय साह