पर्यटन क्षेत्रबाट अपेक्षित लाभ लिन असफल

काठमाडौं

पर्यटन क्षेत्रबाट अपेक्षित लाभ लिन सरकार असफल रहेको छ । पर्यटन विकास र प्रवद्र्धनमा सरकारको उच्च प्राथमिकता राखे पनि त्यसबाट अपेक्षित प्रतिफल आउन नसकेको पर्यटन व्यवसायीले बताएका हुन् । भूकम्पपछि पर्यटन क्षेत्र झनै जीर्ण बन्दै गएको विश्लेषण व्यवसायीहरूको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवको प्रमुख आतिथ्यमा नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा आयोजित पर्यटन क्षेत्रका चुनौती तथा विकासका सम्भाव्यता विषयक छलफल कार्यक्रमका सहभागी उद्यमी व्यवसायीहरूले तीन वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त पुराताŒिवक महŒवका सम्पदाहरू आजसम्म पनि टेकोकै भरमा रहनु दुःखद भएको बताए ।

सडकलगायतका पूर्वाधार क्षेत्रको विकास र मर्मत हुन नसकेका कारण नया“ पर्यटकीय गन्तव्यहरूको विकास हुन नसक्नु, नेपाल आउन चाहने पर्यटकका लागि आवश्यक अन्तर्राष्ट्रिय विमानस्थलको अभाव तथा हवाई सञ्जालको कमी हुनु, भएका पर्यटकीय क्षेत्रहरू पनि उचित रेखदेखको अभावमा जीर्ण बन्दै जानुलगायतका कारणबाट पर्याप्त सम्भावना हु“दाहु“दै पनि पर्यटन क्षेत्र अगाडि बढ्न नसकेको धारणा व्यवसायीहरूले राखेका थिए ।

पर्यटन क्षेत्रको विकासमार्फत मुलुकको समृद्धि चाहने हो भने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने, गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र सम्पन्न गर्नुपर्ने, टीआईएलाई चौबीसै घण्टा सञ्चालन गर्न मिल्ने गरी स्तरोन्नति गर्नुपर्ने, अन्य विमानस्थलहरूको क्षमता विस्तार गर्नुपर्ने, राष्ट्रिय ध्वजावाहकको क्षमता वृद्धि गर्नुपर्ने उनीहरूले बताए ।

पर्यटकीय महŒवका पुराताŒिवक सम्पदाहरूको पुनर्निर्माणलाई तीव्रताका साथ सम्पन्न गर्नुपर्ने, नेपाल भारत सीमा क्षेत्रमा पर्यटकहरूमाथि गरिने व्यवहारमा परिवर्तन गरिनुपर्ने, भारतीय ५ सय र १ हजार दरका नोटको समस्या समाधान गरी भारतीय २ हजार दरका नोट चलनचल्तीमा ल्याउन पहल हुनुपर्ने, साना ठूला सबै स्तरका होटलहरूलाई राज्यले गर्ने व्यवहार समान हुनुपर्ने, प्रमुख पर्यटकीय क्षेत्रहरूमा सडक, खानेपानी, शौचालयको उचित प्रबन्ध गर्नुपर्ने सुझाव व्यवसायीहरूले दिएका थिए ।

त्यसैगरी नेपालको पर्यटनबारे अन्तर्राष्ट्रिय बजारमा नियमित प्रचारप्रसार गरिनुपर्ने, विभिन्न देशमा कार्यरत नेपाली कूटनीतिक नियोग तथा गैरआवासीय नेपालीलाई मुलुकको पर्यटन प्रवद्र्धनमा प्रभावकारी रूपमा परिचालन गरिनुपर्ने, नेपालमा माइस पर्यटनको निकै धेरै सम्भाव्यता रहेकाले यसको प्रचारप्रसारमा सरकारले विशेष रणनीति अख्तियार गर्नुपर्ने, नेपाल आउने पर्यटकलाई बहुप्रवेशाज्ञा लगाउने व्यवस्था गरिनुपर्नेलगायतका सुझावहरू उनीहरूको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री देवले नीतिगत सुधारसहित महŒवपूर्ण पूर्वाधार विकासका लागि मन्त्रालयले कार्य अगाडि बढाइसकेको जानकारी गराए ।

महासंंघकी अध्यक्ष भवानी राणाले मुलुक बिस्तारै अगाडि बढ्ने आशा पलाइरहेको अवस्थामा मुलुकलाई समृद्धिको मार्गमा लैजान महŒवपूर्ण आधारका रूपमा पहिचान गरिएको पर्यटन क्षेत्रको विकासका लागि निकै धेरै चुनौती रहेको बताइन् ।

अत्यन्त कमजोर पूर्वाधार नै पर्यटन विकासको सबैभन्दा ठूलो चुनौती रहेको स्पष्ट पार्दै अध्यक्ष राणा अन्तर्राष्ट्रिय विमानस्थल, सडक सञ्जाल विस्तारसहित नयाँनयाँ पर्यटन गन्तव्यको विकासमा राज्यको ध्यान जानुपर्नेमा जोड दिइन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पर्यटन क्षेत्रका लागि एकदुईवटा महŒवपूर्ण काम मात्र सम्पन्न गर्न सके पनि नेपालको आर्थिक विकास तीव्र रूपमा अगाडि बढ्ने धारणा राखे । धेरै कुराभन्दा पनि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलको निर्माण कार्यलाई तत्काल अगाडि बढाउन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थललाई छिटो सम्पन्न गर्न मन्त्री देवलाई आग्रह गर्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले पर्यटन क्षेत्रलाई निर्वाध अगाडि बढ्ने वातावरण बनाउन सके मुलुकभित्रै पर्याप्त रोजगारी सिर्जना भई रोजगारीका लागि बाहिरिनुपर्ने बाध्यताको अन्त्य हुने धारणा राखे ।