सर्वाेच्चको फैसलालगत्तै डीआईजी सिलवालद्वारा राजिनामा (राजिनामापत्रसहित)

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालले सेवाबाट राजीनामा दिएका छन् । प्रहरी सेवामा ३० वर्षे सेवा अवधि सकिन ६ महिना मात्र बाँकी रहँदा मंगलबार उनले राजीनामा दिएका हुन् ।

वरियताक्रम अनुसार आफूलाई आईजीपी हुनबाट बन्चित गरेको भन्दै असन्तुष्ट रहेका उनले राजीनामा दिएका हुन् । आईजीपी नियुक्त नभएपछि उनी सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतले रिट खारेज गरेपछि उनले प्रहरी सेवाबाट हट्ने निर्णय गरेका हुन् ।

साढे २९ वर्ष लामो प्रहरी सेवामा रहेर संगठनलाई उचाइ दिने काम गरेका सिलवालले आफ्नो कामको सरकारले उचित मूल्यांकन नगरेका कारण प्रहरी सेवामा बसिरहन उचित नठानेका हुन् ।

‘जीवनभर कानुनको परिपालना गरेँ, म कानुनको रक्षक हुँ,’ सिलवालले भने, ‘ममाथि योजनाबद्ध रुपमा आक्रमण भइरह्यो ।’