स्टक क्लियरेन्स मेला सम्पन्न

काठमाडौं / रास– स्टक क्लियरेन्स मेला सम्पन्न भएको छ । ६ दिनसम्म भएको मेलामा २ करोड ९० लाखभन्दा बढीको कारोबार भएको र ५० हजारभन्दा धेरै उपभोक्ता मेला स्थलमा आएको इभेन्ट सोलुसनका मेला संयोजक दीपेश जोशीले बताए ।

‘दसैंको बेला सस्तो मेला’ भन्ने नारा दिइएको यस मेलालाई इभेन्ट सोलुसनले आयोजना गरेको हो । २१ देखि २६ भदौसम्म गरिएको स्टक क्लियरेन्स मेलामा दसैंका लागि आवश्यक सामग्रीको कारोबार गरिएको थियो । कपडा, जुत्ता, ह्यान्डिक्राफ्ट, फ्रुट्स, कस्मेटिक, फुड प्रडक्ट र होम एफिलियन्सको कारोबार भएको थियो । मेलामा उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट मेलामा उपभोक्ताहरू आएका थिए । अनुमान गरेजस्तै मेलामा उपभोक्ता आएको बताउँदै मेला संयोजक दीपेश जोशीले आगामी वर्ष पनि यस मेलालाई निरन्तरता दिने बताए ।