साल्ट टे«डिङको ५५औं वार्षिकोत्सव

राजधानी समाचारदाता / काठमाडौं

साल्ट टे«ेडिङ कर्पोरेसनको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव प्रेमकुमार राईले पछिल्लो समय सरकारकै कारण कर्पाेरेसनले आर्थिक घाटा बेहोर्नुपरेको जानकारी दिए । उनले आगामी दिनमा यस्तो घाटा हुन नदिन मन्त्रिपरिषद्बाट निर्णय गराएर मात्र काम गर्न सुझाव दिए ।

दैनिक उपभोगका वस्तु नुन, चिनी, रासायनिक मललगायत वस्तु कर्पाेरेसनले बिक्री वितरण गर्दै आएको छ । नौ महिनासम्म पुग्ने नुन कर्पाेरेसनले मौज्दातसमेत गरेको छ । कर्पाेरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पाेरेसनले आगामी दिनमा आÏनो कामलाई विविधीकरण गर्ने  जानकारी दिइन् ।

कर्पाेरेसन सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पाेरेसनले सरकारको निर्देशनमा काम गर्दै आएको बताए । कार्यक्रममा आपूर्ति मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद पौडेल र आधिकारिक ट्रेड युनियनका अध्यक्ष मेघराज ज्ञवालीले सरकार र निजी क्षेत्रको सेतुका रूपमा कर्पाेरेसनले काम गरेको बताए । पुरस्कार र सम्मान कार्यक्रममा कर्पाेरेसनद्वारा स्थापित २०७४ सालको बालहितकारी पुरस्कार गरिब तथा अनाथ बालबालिका उद्धार केन्द्र बाँसबारीलाई प्रदान गरियो ।

मदिराका खेर गएका बोतलबाट काठमाडौंको सुन्दरीजल र गोरखामा आवास निर्माण गरी हाल ६० जना अनाथ बालबालिकालाई सो केन्द्रले आश्रय दिइराखेको छ । गरिब तथा अनाथ बालबालिकाका क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै कर्पाेरेसनले सो संस्थाका अध्यक्ष सुधामा कार्कीलाई ५० हजार नगदसहितको सम्मानपत्र प्रदान गरेको हो ।

यसैगरी हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट तेजबहादुर कुँवर र राजबहादुर लामा, ईश्वरलाल श्रेष्ठ सेवा पुुरस्कारबाट ओमसिद्धि गुभाजु, सावित्री देवकोटा र कृष्णबहादुर श्रेष्ठलाई प्रदान गरिएको थियो । अनंगमान छात्रवृत्तिबाट सुशील ढकाल, अनिश श्रेष्ठ र अविनाश पन्त तथा लोकमान छात्रवृत्ति प्रार्थना कुँवरलाई प्रदान गरिएको थियो । कर्पाेरेसनमा २० वर्षभन्दा बढी सेवा गरेका ईश्वर आचार्य, ईश्वरा श्रेष्ठ, रामनरेश प्रसाद, कृष्णलाल चौधरी र मुगादेवी कट्टेललाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।