नेपाली जनप्रगतिशिल मंचद्धार एनआरएन एनसिसिका नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना

भोला थापा क्षेत्री, दोहा ।

नेकपा माओवादी केन्द्रको भातृ सँगठन नेपाली जनप्रगतिशिल मंच कतारले भखरै सम्पन एनआरएन एएनसिसि कतारका नवनिर्वाचित कार्य समितीलाई एक कार्यक्रमको आयोजन गर्दै  शुभकामना तथा बधाई दिएको छ  ।

नेपालीजन प्रगतिशिल मंचका पाँचौ महाधिवेशन संयोजक रकमध्वज राईको सभापत्विमा गत ९ सेप्टेम्बरका दिन दोहाका सनैया स्थित ग्रिन रेष्टुरेन्टको सभाहलमा सम्पन उक्त कार्यक्रमको प्रमुख अतिथीमा नेकपा माओवादी केन्द्रीय सदस्य तथा गल्फ संयोजक शनिकुमार ओली रहेका थिए भने बिषेश अतिथी एनआरएनए आईसिसि गल्फ सह–संयोज कउमेश अधिकारी रहेका थिए ।

यसै गरि अतिथीहरुमा एनआरएनए आईसिसिका बिनोद भटराई, एनआरएनए आईसिसि नवनिर्वाचित सदस्य बिमल सुवेदी, एनआरएनए कतारका नवनिर्वाचित नगेन्द्र प्रसाद पोख्रेल (नविन),एनआरएनए एनसिसि कतारकी युवा संयोजक  मायाँ केसी लगायत नवनिर्वाचित एनसिसि कतारका कार्यसमितीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा शुभकामना मंतव्य दिदै ओलीले विभिन्न मतबिचार भएतापनि अबको यो कार्यकालमा साझा संस्थाको रुपमा सबैले समेटेर अघि बढ्नु पर्ने बताए उनले समाजमा हरेक चुनौती पुर्ण हुन्छन नै तर पनि समाज परिबर्तनको लागी सबैको सहयोग अपरिहार्य रहेको बताए । ओलीले कुनै एक अभियान सुरु तथा सफल हुदैमा सामाजिक अभियान कहिले पनि पूर्ण नहुने साथै समाजिक कार्य गर्दा के कति कुराहरु समाजमा आए भन्ने कुरा ठुलो रहेको र  सामाजिक, बैचारिक कुनै पनि नेता बन्ने चुनौतिलाई पार गर्दै समाजमा भएका कुराहरुलाई सहि व्याबस्थापन गर्न सक्ने ब्यक्ती नै नेता हुना सक्ने जिकिर समेत गरेका थिए ।

कार्यक्रममा मंतव्यकै क्रममा एनआरएनए आईसिसिका सदस्य बिनोद भट्टराई, एनआरएनए कतारका नवनिर्वाचित अध्यक्ष नगेन्द्र प्रसाद पोखरेल –नविन),एनआरएनए कतारकी युवा संयोजक  मायाँ केसी, एनआरएनए गल्फ सह–सयोजक उमेश अधिकारीले नेपाली जनप्रगतिशिल मंच कतारले बधाई तथा शुभकामना कार्यक्रम राखेर समाजमा सकारात्मक भुमिका निभाएको बताउदै मंचले एनआरएनए प्रति समाज रुपान्तरणमा चासो देखाएकोमा खुसी व्यक्तगर्दै आउदा दिनमा नेपाली समुदयामा यस्तै सहयागको निरन्तरता आउने आशा समेत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा कार्यक्रममा सभापति तथा नेपालीजन प्रगतिशिल मंचकतारका पाँचौँ महाधिवेशन संयोजक रकमध्वाज राईले कार्यक्रममा मंच आबद्ध साधारण सदस्य, कार्यसमिती लगायत एनआरएनए अभियान्तविशेष अतिथीहरुलाई कार्यक्रममा सहभागीभै सफल बनाई दिएकोमा हार्दिक कृतज्ञात व्यक्तगर्दै नव–निर्वाचित कार्यसमितीलाई सफल कार्यकालको शुभकामना  समेत व्यक्त गरेका थिए । उक्त कार्यक्रमको संचालन भने मंचका संगठन विभाग प्रमुख मोहनकार्कीले गरेका थिए भने नेपालीजन प्रगतिशल मंचका प्रतिनिधीहरुको समेत उक्त कार्यक्रममा बाक्लो उपस्थिती रहेको थियो ।