साइप्रसमा ‘२ रुपैयाँ’ प्रदर्शन हुदै

समिम मियाँ 

सेप्टेम्बर १३  साइप्रस

सर्वाधिक चर्चा कमाएको गित “कुटूमा कुटु सुपारी दाना ” समाहित नेपाली चलचित्र २ रुपैयाँ’ प्रदर्शन हुने भएको छ  आगामी सेप्टेम्बर २४ का दिन लिमासोल स्थित रियो सिनेमा प्लाजामा ११ बजे प्रदर्शन  हुने छ। ” साइप्रसमा  नेपाली चलचित्र प्रदर्शन हुने सम्भवत: यो पहिलो पटक हो नेपाली सिनेमाको प्रचार तथा प्रवर्दन गर्ने उद्देश्यले २ रुपैयाँ’ प्रदर्शन गर्न लागिएको हो” आयोजक मध्यका  ओमि सुरीले बताए। 

निकट भविस्यमै हरेक महिना एक नेपाली सिनेमा प्रदर्शन गर्ने योजना रहेको र लिमासोल पछी निकोसिया र पारालामिनीमा पनि छिट्टै प्रदर्शन हुने तयारी भइरहेको पनि आयोजकले जानकारी दिए ।२ रुपैयाँ’ हेर्न भने टिकट दर आठ युरो तय गरिएको छ 

असिम शाहको निर्देशनमा तयार भएको चलचित्र दूइ रुपैया” मा निश्चल बस्नेचअसिफ शाहबुद्धि तामाङविशारत बस्नेत लगायतको मुख्य भुमिका रहेको छ ।