महिलालाई उद्यमशिल बनाउन महिलासँग उपप्रमुख कार्यक्रम

नन्दा थापा / राजधानी
भदौ २८, बाजुरा

बडीमालिका नगरपालिकाले महिलासंग उपप्रमुख कार्यक्रम सञ्चालन गर्ने भएको छ । महिलालाई उद्यमशिल बनाउन, महिला शसक्तिकरण र सवलीकरणका कार्यक्रमलाई प्राथमिता प्रदान गर्न, महिला हिंसा र लैङ्गिक असमानतालाई निरुत्साहीत गर्न कार्यक्रम सञ्चालन हुने भएको हो । जसका लागि यो वर्ष नगरपालिकाको पहिलो नगरसभाले १५ लाख बजेट विनियोजन गरेको छ ।
‘छोरी÷चेली वंशको आधार, सृष्टीको सृजना कुलको उपहार’ भन्ने उक्तिलाई चरितार्थ गर्ने गरी यो कार्यक्रम पहिलो पटक ल्याईको उपप्रमुख कविता विष्टले बताईन् । उपप्रमुख विष्टले आधा आकाश ढाक्ने महिला, संसारको सिर्जन गर्ने महिला हुदा हुदै पनि हालसम्म महिलालाई पितृसत्तात्मक राज्य सत्ताले दोस्रो दर्जाको व्यवहार गरेको भन्दै आफ्नै कार्यकालमा यो कार्यक्रम ल्याईएको पत्रकार सम्मेलनमा जानकारी गराएकी छन् ।

फोटो : पत्रकार सम्मेलनमा महिलासँग उपप्रमुख कार्यक्रमका बारेमा जानकारी गराउदै उपप्रमुख कविता विष्ट

उपप्रमुख विष्टले भनिन्, पछिल्ला दिनहरुमा राजनैतिक, प्रशासनिक क्षेत्रमा पनि महिला वर्गकको प्रतिनिधित्व हुनुपर्दछ भन्ने मान्यता अनुरुप ३३ प्रतिशत कोटा आरक्षण गरिए पस्चात उल्लेख्य क्षेत्रमा महिला प्रतिनिधी आउने क्रम बढिरहेको छ । छोरी चेलीले पुस्तक छोए पाप लाग्ने पुरातनवादी समाजमा एकै पटक समावेसीताको लहर चल्दा महिलामा पनि सभ्रान्त वर्गको हालीमुहाली हुन पुगेको छ, यो पुरातनबादी सोचलाई परिवर्तन गर्न महिलासंग उपप्रमुख कार्यक्रमले ठुलो सहयोग पुग्ने उनको भनाई छ ।
बडिमालिका नगरपालिकामा कुल जनसंख्या १७ हजार २ सय २७ मध्ये ८ हजार ८ सय २५ पूरुष र ८ हजार ३ सय ७५ महिला रहेका छन् । कुल ३ हजार १ सय २९ घरधुरी मध्ये जम्मा ४ सय ४२ जनामात्र महिला घरमुली रहको तथ्याङ्कले आफुसंग रहेको भन्दै उपप्रमुख विष्टले यसले महिलाको अवस्था नाजुक रहेको प्रमाणित गरेको स्पष्ट पारेकी छन् ।


उनले पत्रकार सम्मेलनमै महिलालाई आर्थिक अधिकार प्राप्त नहुन्जेल महिला हिंसा, लैङ्गिक विभेद जस्ता समस्याको समाधान नहने बताउकी छन् । घरायसी कामकाज देखी समाजिक इज्जतको जगेर्ना गर्नुपर्ने जिम्वेवारीमा रहेका महिला वर्गलाई शिक्षा र सचेतना आवश्यक रहेको उनको भनाई छ । महिलालाई सधै आरक्षित मात्रै गरेर कमजोर बनाउनु भन्दा उनीहरुको क्षमता अभिवृद्धी गरेर खुला प्रतिस्प्रर्धा गर्नसक्ने योग्य र क्षमतावान महिलासंग उपप्रमुख कार्यक्रमले उत्पादन गर्ने विष्टको दावी छ ।
विभिन्न बाहानामा पीडित महिला वर्गका पीडा र गुनासा सुन्न र सम्वोधन गर्नका लागि महिला दिदीबहिनीसंग उप–प्रमुख कार्यक्रम पहिलो नगरसभाबाटै पारीत भएको उनले घोषणा गरेकी छन् । उनले एक्काइसौ शताब्दीमा पनि पशुवत व्यवहार सहदै अदृश्य शक्तिको डरले गाईभैसी बस्ने गोठमा छाउपडी भएर बस्नुपर्ने बाध्यताको अन्त्य महिलासंग उपप्रमुख कार्यक्रमले गर्ने बताईन् ।

वंश धान्नका र पिण्ड दान गर्न अनिवार्य छोरा आवश्यक पर्ने मनसायबाट सदैव छोरी चेलीलाई चामलको सुरक्षागर्ने भुसका रुपमा व्यवहार गरिएका पीडा आफुलाई असह्य महसुश भएको भन्दै विष्टले यी र यस्ता समस्याको समाधानार्थ महिला दिदीबहिनीसंग उप–प्रमुख कार्यक्रम तय पत्रकारलाई जानकारी गराएकी हुन् । महिलासंग उपप्रमख कार्यक्रममा महिला शसक्तिकरण तालिम, रेडियो कार्यक्रम, छाउपडी गोठमुक्त अभियान, बाल÷बहुविवाह निरुत्साहीत, ‘छोरी÷चेली वंशको आधार, सृष्टीको सृजना कुलको उपहार’ सचेतना अभियान, महिला न्याय डेक्स र सवल नारी, बरावर जिम्वेवारी कार्यक्रम समेटीएका छन् ।