‘एक्ल्याउन खोज्दा एमाले झन् बलियो’

राजधानी संवाददाता / राजविराज

एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशवादी दलले प्रदेश नं. २ लाई जातीय पहिचानको नाममा हिंसाको थलो र पहाडी मधेशीबीच द्वन्द्व फैलाउने प्रयोग स्थल बनाउन लागेको आरोप लगाएका छन् । आगामी २ असोजमा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमालेको पक्षमा जनमत तयार गर्ने उद्देश्यले बुधबार बुद्धिजीवी परिषद सप्तरीले सदरमुकाम राजविराजमा आयोजना गरेको ‘सूर्यमा मतदान किन ?’ विषयक अन्तरव्रिmया कार्यव्रmमलाई संवोधन गर्दै सचिव ज्ञवालीले सो धारणा व्यक्त गरेका हुन् । हालै ६ वटा प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले पहिलो शक्ति बनेपछि डराएका कांग्रेस, माओवादी र मधेशवादी दलले योजनाबद्ध ढंगले प्रदेश नं. २ मा जातीय पहिचानको नाममा हिंसा र पहाडी मधेशीबीच द्वन्द्व फैलाउने प्रयोग स्थल बनाउन खोजेको आरो लगाउँदै उनले भने, “यस्ता षडयन्त्रबाट मधेशका जनता सावधान रहनुपर्छ ।”

राष्ट्रिय राजनीतिमा महत्वपूर्ण योगदान दिन सक्ने प्रदेश नं. २ लाई वर्तमान सरकार र सत्तासीन दलले नै दोस्रो दर्जाको रूपमा राखेको दोषारोपण गर्दै यसको उदाहरण प्रदेश नं. २ मा पटक पटक निर्वाचन मिति सार्नु रहेको उनले स्पष्ट पारे । अन्य प्रदेशमा जनप्रतिनिधि निर्वाचित भई विकास निर्माण कार्य तथा स्थानीय तहबाट जनताले पाउने सेवा सुविधा लगायतका काम सुरु भइसकेको जानकारी दिंदै सचिव ज्ञवालीले भने, ‘तर प्रदेश नं. २ का जनता अझ त्यो सेवा सुविधा पाउन सकेका छैनन् । यसको मूख्य जिम्मेवार सत्तासीन दलहरू नै हो ।”

२ असोजमा हुने निर्वाचनले सिँगो राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने र मुलुकका लागि जनमत संग्रहजस्तै भएको जिकीर गर्दै आत्मसमर्पणवाद र लम्पसारवाद विरुद्ध लडिरहेको एमालेको सूर्य चिन्हमा मतदान गर्न सबैसँग अपिल पनि उनले गरे । उनले मुलुकलाई विखण्डन गर्ने तर्पm उन्मुख पार्टीलाई परास्त गर्दै स्वाभिमान र राष्ट्रिय हितमा लागेको पार्टीलाई मधेशमा पनि पहिलो शक्ति बनाउन आग्रह गर्दै मधेशको हित र विकास एमालेले नै गर्ने दावी गरे । कार्यव्रmममा एमाले पोलिटब्युरो सदस्य भीम आचार्यले सत्तारुढ दलले सरकारी रकमको ब्यापक दुरूपयोग र आचारसंहिताको उल्लंघन गरिरहेको आरोप लगाउँदै जति गरे पनि मधेशमा पनि एमाले नै पहिलो शक्ति बन्ने ठोकुवा गरे ।

एमालेलाई एक्ल्याउन कांग्रेस, माओवादी र मधेशवादी सवै मिलेर मधेशमा एमाले विरुद्ध भ्रम फैलाइरहेका आरोप लगाउँदै उनले भने, ‘सबैखालका भ्रम चिर्दै एमाले अघि बढेको छ । यस अघि मधेशका १२ जिल्लामा एमाले पहिलो भइसकेको छ र अब हुने बाँकी ८ जिल्लामा पनि पहिलो बन्नबाट कसैले रोक्न सक्दैन, उनले भने । संविधान संशोधनको प्रस्ताव मधेश र पहाड दुवैका जनताको हीतमा नभएकाले यसलाई पास गराउन साथ नदिएको स्पष्ट पार्दै अब जातपातको होइन, विकासको कुरालाई मूल मुद्दा बनाउनुपर्छ भन्ने एमालेको चाहना रहेको छ, सचिव आचार्यले बताए ।