राईलाई आईएमईको जीवनबिमा

काठमाडौं  / रास– आईएमईले ल्याएको ‘आईएमई छक्का पञ्जा’ अफरअन्तर्गत पहिलो १५ दिनको जीवनबीमा आईएमई सेवाग्राही पर्वबहादुर राईले प्राप्त गरेका छन् । सफ्टवेयर पद्धतिमा आधारित छनोट कार्यक्रममा मलेसियास्थित रिया आईएमईबाट नेपालमा पैसा पठाउने राई भाग्यशाली विजेताका रूपमा छनोट भएका छन् ।

भाग्यशाली विजेता राई वा उनले सिफारिस गरेको व्यक्तिले आईएमई लाइफ इन्स्योरेन्सको ६ लाखबराबरको जीवनबीमा प्राप्त गर्ने पनि कम्पनीले जनाएको छ ।

१२ भदौदेखि सञ्चालनमा ल्याइएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौं सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’ मा ९ सय जना आईएमई पे क्यासमार्फत पुरस्कृत हुने पनि कम्पनीले जनाएको छ ।